[Show all top banners]

MrBean
Replies to this thread:

More by MrBean
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ओसामा बिन लादेन मारिएकै हुन् त?
[VIEWED 18076 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-11 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओसामा बिन लादेन मारिएकै हुन् त?
MONDAY, 02 MAY 2011 16:48 नागरिक
8Share
 1 2 3 4 5
(1 vote, average 5.00 out of 5)

उमेश श्रेष्ठ, काठमाडौँ, वैशाख १९- 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि... ओसामा बिन लादेन मारिए', अमेरिकी राष्ट्रपति बाराक ओबामाले आज बिहान टेलिभिजनमा सम्बोधन गर्दै घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकाले आक्रमण गरेको हो।‘ राष्ट्रपतिको सम्बोधन अघि नै यो खबर इन्टरनेटका सामाजिक सञ्जालहरुले व्यापक बनाइसकेका थिए। सम्बोधनपछि आधिकारिक रुपमा यो खबरको पुष्टि भएको मानियो। तर के साँच्चै लादेन मारिएकै हुन् त ?

१० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको प्रत्याक्रमण कै क्रममा त्यहाँको तोराबोरा पहाडी क्षेत्रमा गरिएको बमवर्षामा उनी मारिएको शंका धेरैले गरेका थिए। तर केही घटनाहरुमा उनका अडियो टेप सार्वजनिक भएपछि उनी जिउँदै रहेको मानिएको थियो।
यस पटक राष्ट्रपति ओबामा आफैले लादेन मारिएको घोषणा गरेका छन्। त्यसैले विश्वभरका मिडियाले त्यसैलाई आधार मानेर समाचार बनाइरहेका छन्। तर घटनामा उनी मारिएको कुनै पनि भिडियो वा फोटो अमेरिकाले यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकेको छैन।

पाकिस्तानको एक्सप्रेस न्युज, बेलायतको दि सन, मेल, टेलिग्राफ, मिरर लगायत विश्वभरका मिडियामा आएको लादेनको भनिएको टाउकोमा गोली लागेर मृत शरीर ‘फोटोसप ट्रिक' बाट बनाइएको स्पष्ट भइसकेको छ। ट्रिक फोटो भन्ने थाहा पाएपछि ती मिडियाले सो शंकास्पद फोटो हटाइसकेका छन्। यद्यपि प्रश्न कायमै छ- के साँच्चै लादेन मारिएका हुन् त?

यससम्बन्धमा अमेरिकी अधिकारीहरुले बताएका कुरामा शंका गर्ने स्थान प्रशस्त छ। ‘लादेनको शवलाई आफूहरुले नियन्त्रणमा लिएको' ओबामाले बताएका छन्। तर त्यसको पुष्टि हुने कुनै पनि प्रमाण मिडियामा दिइएको छैन। शवबारे केही खबर आउला कि भनेर पर्खिरहेका सञ्चारकर्मीहरु त्यतिबेला अचम्ममा परे जब एक अमेरिकी अधिकारीले यस्तो बयान दिए- लादेनको अन्त्येष्टि समुद्रमा इस्लामिक परम्पराअनुसार गरिसकियो। सञ्चारकर्मीहरुले थप बुझ्न चाहे, तर उनले बताउन चाहेनन्। यसअघि लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेसमा राखिने र सञ्चारकर्मीहरुलाई पनि हेर्न दिइने खबर आएको थियो।

शव बिन लादेन कै हो भन्ने कसरी प्रमाणित गरियो त ? प्रश्न अमेरिकी मिडियामा पनि नउठेका हैनन्। सीएनएनले यसबारे प्रश्न सोध्दा एक अमेरिकी अधिकारीले जवाफ दिए फेसियल इमेजिङ र अरु विधिको प्रयोग गरियो। डीएनए परीक्षण गरियो कि गरिएन भन्ने बारे चाहिँ ती राष्ट्रिय सुरक्षा अधिकारीले केही बताउन चाहेनन्। यसले पनि लादेनको मृत्युलाई शंकाले हेर्नेहरुको तर्कमा बल पुगेको छ।


‘षड्यन्त्र सिद्धान्त' बनाउनेहरुले उठाएको अर्को दुई प्रश्न पनि सोचनीय छ-
• लिबियाका शासक कर्णेल मुअम्मर गद्दाफीको निवासमा अमेरिकी नेतृत्वको सेनाले आक्रमण गरी उनका छोरा र नातिनातिना मारेको खबरको भोलिपल्टै त्यो खबर दबिने गरी यो घटना किन गराइयो ?
• अर्को वर्ष अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ। सर्वेक्षणहरुले ओबामाको लोकप्रियता लगातार घटिरहेको देखाइरहेको छ, विपक्षी रिपब्लिकन पार्टीले उनीमाथि लगातार प्रहार गरिरहेको छ। यस्तो बेला कुनै दह्रो प्रमाणबिना ओबामाले किन ‘मेरो निर्देशनमा भएको आक्रमणमा लादेन मारिए" भन्न हतार गरे ?


अमेरिका यतिखेर विजयोत्सव मनाउन मस्त छ। उनीहरु प्रश्न गर्ने मूडमा छैनन्। लादेनको मृत्युबारे शंका उठाउनेहरुको जवाफ ओबामासँग मात्र छ। उनले यसको जवाफ कहिले दिने हुन्, अहिले नै भन्न सकिन्न। घटनाको अर्को पाटो अल कायदाले पनि यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। त्यसैले अहिलेलाई यो प्रश्न प्रश्नमै सीमित  छ। आशा गर्न सकिन्छ, किनभने यसअघि अबु मुसाब अल जारकावीको मृत्युपछि पनि उनको तस्बिर सार्वजनिक गरिएको थियो।

Source: www.nagariknews.com
 
Posted on 05-02-11 8:53 AM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

this is not true, not until donald trump makes them bring out the death certificate

 
Posted on 05-02-11 2:22 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

1. Its true that they put his body in the d.......e.......e..........p OCEAN  since none of the countries in the world wanted to
give land to place his body.
2. No lab test has been done after his death.... since.. some of his body cells would come to air and give a new Bin Laden.
 
OlikoBoliBandukkoGoli
Posted on 06-02-18 5:49 PM     [Snapshot: 2769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालतिर छन् भन्ने पो सुनेथे |
 
OlikoBoliBandukkoGoli
Posted on 06-02-18 5:59 PM     [Snapshot: 2786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दारी गाङ्ग्को आडमा लुकेका छन् रे |


 
Posted on 06-02-18 6:33 PM     [Snapshot: 2814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OLIKOBOLIBANDUKKOGOLI Bro! Full time job nai sajha ko ho ki kya ho?

 harek post lai balatkaar garne ho ki kya ho? Kunai chhaina Posts haru baaki comment na aaeko...

hudaa hudaa yo mareko murdaa pani kotyaiyo yaar...

But nice! keep sajha vibrant !
Last edited: 02-Jun-18 06:33 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters