[Show all top banners]

sanas
Replies to this thread:

More by sanas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनजाती कती ;कस्ले पाउने कती
[VIEWED 10621 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-09 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मधेस एक प्रदेस,लिम्वुबान र मगरात। कस्लाइ के दिने ? बांकी कती रहने त्यो कस्ले पाउने? अब यो समाचार मात्र नभै नेपाल त्यसरी बांडिने छ। त्यो हाम्रै नेताको बुद्दीमानी को उपज हो। धन्य हामी नेपाली। कुन जात कती छन,कस्ले कुन क्षत्र ओगट्छन त्यो दौतरीमा एकलव्य द्वारा लेखीएको लेख। सारै मन छुने लाग्यो।Source: http://dautari.org/2009/06/blog-post_21.html

June 21, 2009

नेपालको जातिगत तथ्य र तथ्यांक

नेपालमा पछिल्लो जनगणना वि सं २०५८ मा सम्पन्न भएको थियो । सो जनगनना अनुसार , नेपालमा कूल जनसंख्याको १% भन्दा बढी संख्या भएका मुख्य १८ वटा जातजाति छन् । यी मुख्य १८ वटा जातिहरुको नेपाली जनसंख्यामा ८०% वर्चस्व छ जबकि बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा बाँकि ८६ जातजातिले ओगटेका छन् । नेपालमा १०३ वटा विविध जात र १ वटा जात नखुलेको समूहको बसोवास रहेको छ भन्ने समेत राष्ट्रिय जनगणनाको लेखोटले बताएको छ । यसलाई सजिलोको लागि यसरी हेर्न सक्छौं ।जात,जनसंख्या, प्रतिशतमा र साक्षारता:


अब अर्को तथ्यसंग परिचित होऔँ है त :

२ जिल्लाको कूल जनसंख्याको ४०% भन्दा बढी हिस्सा एउटा मात्र जातिको सघन बसोवास भएका नेपाली जिल्लाहरू जम्मा २८ वटा मात्र छन् र ती मध्ये पश्चिम पहाडका १३ जिल्लामा खस क्षत्रीहरूको वर्चस्व छ भने अरु १५ जिल्लाहरु मात्र नेपालका यस्ता जिल्लाहरू हुन जहाँ ४०% भन्दा बढी एउटा निस्चित जातको बसोवास पाइन्छ । त्यहाँ बसोवास गर्ने तत् तत् जातिहरु र तिनीहरुको विवरण यस प्रकार छ :

जात

जनसंख्या

कूल जनसंख्यामा %

साक्षरता %

क्षत्री 

३५९३४९६

१५.८०

६० .११

बाहुन  

२८९६४७७

१२.७४

७४.९०

मगर 

१६२२४२१

७.१४

५५.९०

थारु  

१५३३८७९

६.७५

४७.१२

तामाङ  

१२८२३०४

५.६४

४५.०४

नेवार

१२४५२३२

५.४८

७१.२२

मुसलमान  

९७१०५६

४.२७

३४.७२

कामी  

८९५९५४

३.९४

४१.२७

यादव  

८९५४२३

३.९४

४०.८३

राई 

६३५१५१

२.७९

५८.१९

गुरूङ्  

५४३५७१

२.३९

५९.७९

दमाई  

३९०३०५

१.७२

४३.५३

लिम्बू

३५९३७९

१.५८

५८.१२

ठकूरी 

३३४१२०

१.४७

६३.३२

सार्की

३१८९८९

१.४०

३८.३३

तेली

३०४५३६

१.३४

५१.४२

चमार,हरिजन

२६९६६१

१.१९

१९.२४

कोइरी 

२५१२७४

१.११

४३.८८

कूल 

८०.६९%

राष्ट्रिय औषत

५३.७३%


१) क्षत्री:  (दार्चुला ५९.२),डढेलधुरा ( ५१.३), बैतडी (४८.१) , अछाम(५३.२), डोटी (५२.७) ,बझाङ (६३.९) ,बाजुरा (५५.५), मुगु (४४.३ ), हुम्ला ( ४३.८), डोल्पा (४३.९ ) ,जुम्ला ( ६३.१) ,रुकुम (५८.४) ,सल्यान (५०.२) ‍

२) तामाङ: रसुवा ( ६३.७) , मकवानपुर (४७.३) , सिन्धुपाल्चोक ( ३९.५), नुवाकोट ( ३८.५)

३) मगर: रोल्पा (४३.८ ) , पाल्पा ( ५०.९) , म्याग्दि ( ५०.८)

४) थारू: बर्दिया ( ५२.६), कैलाली ( ४३.७)

५) लिम्बु: ताप्लेजुङ ( ४१.८ ) , पाँचथर ( ४०.३)

६) गुरुङ: मुस्ताङ ( ४५.२) , मनाङ ( ७५.२) ---( जनसंख्याका हिसाबले नेपालका सबैभन्दा साना दुई जिल्लाहरु)।

७) नेवार: भक्तपुर ( ५५.९), ललितपुर (४०.५)

(३) त्यसैगरी निम्न जिल्लाहरूमा निम्न जाति समूहहरू त्यो जिल्लाको सबैभन्दा ठूलो जाति समूहको रुपमा संख्यामा बसोवास गर्छन् :

१) बाहुनहरू निम्न १० जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>> झापा,मोरङ, चितवन,श्याङजा ,कास्की, पर्वत,गुल्मि,रुपन्देही,अर्घाखाँची र कालिकोट

२) क्षत्रीहरु निम्न २१ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ओखलढुङ्गा,उदयपुर,रामेछाप,दोलखा,रुकुम,सल्यान,सुर्खेत,दैलेख,जाजरकोट,जुम्ला,मुगु,हुम्ला,डोल्पा,बाजुरा,बझाङ,अछाम,
डोटी, कञ्चनपुर,डडेलधुरा,बैतडी, र दार्चुला

३) नेवारहरु निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>काठमाण्डु,ललितपुर र भक्तपुर

४) लिम्बूहरू निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ताप्लेजुङ,पाँचथर र तेह्रथुम

५) राईहरू निम्न ६ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>इलाम,धनकुटा,संखुवासभा,भोजपुर,सोलोखुम्बु र खोटाङ

६) गुरुङहरू निम्न ४ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>गोर्खा,मनाङ,लमजुङ र मुस्ताङ

७) मगरहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>तनहु,बाग्लुङ,म्याग्दि,पाल्पा नवलपरासी,प्युठान र रोल्पा

८) तामाङहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सिन्धुली,नुवाकोट,रसुवा,धादिङ,मकवानपुर,सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक

९) थारुहरू निम्न ४ जिल्लामा जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सुनसरी, दाङ, बर्दिया,कैलाली

१०) यादवहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही

११) मुसलमानहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>रौतहट,बारा,पर्सा,कपिलबस्तु र बाँके

Last edited: 22-Jun-09 12:12 AM

 
Posted on 06-22-09 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good share thanks
 
Posted on 06-22-09 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो तथ्यांक भएको देशमा एक मधेश एक प्रदेशको नारा कसरी लगाउन मिल्छ ? यी मधेशीका मसीहा भनाउँदाहरूलाई यो तथ्यांक देखाउनुपर्ने हो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters