[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिहेको प्रस्ताव मनिषालाई मैले राखें
[VIEWED 15394 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-10 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं महाराजगंज निवासी ३३ बर्षीय सम्राट र ४० बर्षीया बलिउड नायिका मनिषा कोइरालाबीच विवाहको लगनगाँठो कसिने खबरले दुवै चर्चामा छन् । मनिषासंगको सम्बन्ध र उनको व्यक्तिगत तथा व्यवसायिक जीवनका बारे ईकान्तिपुरका सुरज कुँवर र बेनुप भट्टराई गरेको कुराकानीः

तपाईंबारे भनिदिनुहोस न ?

अमेरीकाको टेक्सासबाट इन्ड्रस्टीयल इन्जिनियरिङ्ग र एमबिए पास गरेपछि सन २००३ मेदेखी नेपालमा बस्दै आएको छु । बायोग्यासको क्षेत्रमा कार्यरत छु । यस्का लागि इकोफिन नामको संस्था दर्ता गरि एक वर्षयता अनुसन्धान गरिरहेको छु ।

तपाईको पारिवारिक पृष्टभूमी के हो ?

बुवा सुरेन्द्र दाहाल बासबारी छाला जुत्ता कारखानाका पूर्व म्यानेजर हुनुहुन्थ्यो । अहिले उहाले आफ्नै लगानीमा घर छेउमै लेदरविङ्स नामको छाला जुत्ता काराखाना चलाउनु  भएको छ । आमा गुणकेशरी चक्रपथको राष्ट्रिय वाणिज्य बैकमा कार्यरत हुनुहुन्छ । परिवारमा म कान्छो हु । जेठा दाजु सुरज पनि अमेरीकामैं एमबिए गरेर यतै शैक्षिक संस्थामा आवद्ध हुनुहुन्छ । पहिले बालमन्दिरमा आवद्ध उहाँ अहिले काठमाडौं एकेडेमी र काठमाडौं विश्वविद्यालयमा संलग्न हुनुहुन्छ । पब्लिक हेल्थमा पिएचडी दिदी शुभाश्री र उहाँको परिवार अमेरीकामैं छन् । हामी तीनै जनाले विश्वविद्यालयको पढाई अमेरीकाबाटै गरेका हौं । पढ्ने सिलसिलामा सात बर्ष त्यहाँ बस्नुअघि दिल्लीमा विज्ञानबाट प्लस टू पास गरेको थिएँ । एसएलसी चाहि बुढानिलकण्ठ स्कुलबाट गरेको हु ।

मनिषासंग पहिलो भेट कहिले भयो ?

हाम्रो पहिलो भेट चार महिनाअघि काठमाण्डुमै भएको हो । म जस्तै विदेशमा पढेका १५/२० साथीहरुवीच सानो ग्यादरिङ थियो । त्यहीं मनिषासंग भेट भएको हो । त्यसअघि उनलाई देख्नु त परै जाओस भेट्ने कल्पनासमेत गरेको थिइनँ ।

त्यो जमघटको उद्देश्य के थियो ?

विदेशमा पढेका तर नेपालमैं केही गरौं भन्ने सोच र चाहना भएका साथीभाईको अनौपचारिक भेटघाट थियो । (महिना र स्थान खुलाउन नचाहँदै) गएको जाडोयाममा पर्यटकीय शहरको एक रेष्टुरेन्टमा त्यो जमघट थियो । त्यतिबेला घर आएकी मनिषालाई पनि निम्ताएका थियौं ।

पहिलो भेटमा तपाईहरुबिच कस्ले मन परायो ?

त्यहाँ अन्तिममा पुग्ने म थिएँ । अरु भेला भइसकेका थिए । म निलो कोट पाइन्टमा थिएँ । मनिषा चाहिं हरियो सारीमा थिइन् । मैंले इज्जतदार नमस्कार गरें र आफ्नाबारे बताएँ । पढेर नेपाल फर्किनुको उदेश्य सुनाउंदा उनी प्रभावित भइन् । कार्ड सेयरिङ भयो । त्यसपछिका दिनमा भेटघाट र सम्र्पक हुनेक्रम बढ्यो ।  

पहिले विहे वा प्रेम के प्रस्ताव राखियो ?  

भेटेपछि हामीवीच फ्रेन्डसिप जारी थियो । उनका बानी व्यहोराले मलाई तानेपछि मन पराएँ । परिवारमा कुरा राखें । पोजेटिभ कुरा आएपछि मनिषलाई भनें । उनले पनि घरमा सुनाउँदा त्यस्तै संकेत आयो । त्यसपछि हामीवीचको माया विहे हुने चरणमा पुग्यो ।  

डेटिङ पनि त जानुभयो होला नि ?

(अकमकाउँदै) डेटिङ त गइयो । तर कहाँ र कहिले भन्न मिल्दैन । उनको हजुरवुवाको मृत्यु भएको ४५ दिन नपुगेकाले यो विषयमा प्रोपोगाण्डा क्रियट नगरौं ।

मनिषाको कुन गुणले तान्यो ?

फिल्मी दुनियाँको अनुभव, बहुआयामिक व्यक्तित्व, घुलमिलपन, तार्किकता, जिम्मेवारीवोध, परिपक्ता, परिवारप्रतिको उत्तरदायित्व उनमा जति पाएँ, त्यसबाटै प्रभावित हुनपुगें ।

विहे कहिले र कहाँ गर्ने योजना छ ?

म आमा, बा र दाजुबाट प्रभावित भई काठमाडौं फर्केको मान्छे हुँ । डेफिनेट्ली विहे पनि यतै हुन्छ । तर त्यो कस्तो खालको र कहिले हुन्छ भन्ने दुई परिवारको निर्णयमा भर पर्नेछ ।  

विहेपछि मनिषा जी ले के गर्नुहुन्छ ?

भारतमा उनको छुट्टै पहिचान छ । चाहेको काम गर्न उनलाई स्वतन्त्रता हुनेछ । मैंले थाहा पाएसम्म उनले नेपालकै बालबालिकाको हितमा केही काम गर्ने सोच राखेकी छन् ।

मनिषासंग कतिको सम्पर्क हुन्छ ?

(टेवलमा राखेका दुईटा मोवाइल हेर्दै ) उनी सुटिङलाई इण्डियाको केरलामा छिन् । आवश्यक परे दिनमा चार/पाँचपल्ट पनि हुन्छ । -कुराकानीक्रममैं उनले मनिषालाई दुईपल्ट फोन गरेका थिए)

सेलिब्रेटीसँग विहे हुने भएपछि कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

(हांस्दै) खासै त्यस्तो छैन । म लो प्रोफाइलमैं बस्न रुचाउछु । आफूले गरेको कामको चर्चा गर्न मन लागेपनि प्राइभेट लाइफलाई लिएर हाइलाइट हुने रहर छैन् ।

यदी मनिषासंग विहेको टुंगो नलागेको भए ?

घरमा विहेको पालो मेरै थियो । स्वदेश फर्के देखिनैं विहेका लागि परिवारको दवाव थियो । मन मिल्ने केटीको खोजीमैं थिए । त्यही बेला उनी भेटिइन् । विहेपछि यही बुढानिलकण्ठमा घर बनाएर बस्ने रहर छ ।

तपाईका रुची के के हुन् ?

म खेलकुदको सौखिन हुँ । स्कुलदेखि नैं बास्केटबल, सकर, ह्याण्डबलको खेलाडी हुँ । अहिले पनि फुटवल खेल्छु ।

मनिषासंग जोडी बाँध्दै हुनुहुन्छ, फिल्म चाहिं कतिको हेर्नुहुन्छ ?

नौ बर्षअघि दिल्लीमा पढ्दा उनको '१९७४ अ लभस्टोरी' हेरेको थिएँ । त्यसपछि अरु पनि हेरें हुँला तर फिल्मको नाम र स्टोरी बिर्सिन्छु । अचेल व्यस्तताले टीभी हेर्ने फुर्सद छैन ।

आगामी असार ५ गते विहेको टुंगो लागेको हो ?

यसबारे मलाई थाहा छैन् । हाम्रो परिवारबिच कुराकानी हुँदैछ । अहिले उनको हजुरबुवाको जुठोका कारण यो शुभकार्यबारे निर्णय गर्नु राम्रो मानिदैन् ।  

विहेबारे संचारमाध्यममा सार्वजनिक भएपछि कस्तो लाग्दैछ ?  

एकै दिनमा हैरान भइसकें । हेर्नुहोस -मोबाइल देखाउदै) दिउँसो ४ बजेदेखी ८ बजेसम्म मात्रै ४८ वटा भन्दा बढि कल स्त्रिmनमा छन् । बिहानदेखि आएका कल त कति हुन् कति । फोनले टेन्सन गरायो । अफिसमेत गइन । मलाई मात्र कहाँ हो र, साथीभाई र घरमा समेत विहेवारे सोधेर हैरान पारिरहेका छन् । फोनमैं झुण्डिनु परेकाले आमाले विहान लगाएको कपडा फेर्न पाउनु भा'छैन् ।

सञ्चारमाध्यमले फोटोसहित विहेको समाचार देखाउँदैछन् नि ?  

त्यस्तो भइसक्यो है । ए त्यो डेनमार्क हुँदाको फोटो फेसवुकबाट हाले होला । -बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा कुराकानी गरिरहेका उनी लवीमा छिरे । फेसवुकको एकाउन्ट तत्काललाई डिएक्टीभ गरिदिए ) अब त फोटो नभेट्लान कि ।

प्रसंग बदलौं, कोइराला परिवारमा पहिले कस्लाई चिन्नुभयो ?

वीपी अनि गिरिजाप्रसाद । (यही प्रसंगमा) अस्ति गिरिजावावुको निधनमा म कोइराला परिवारसंगै थिएँ ।

अमेरिका छाडेर नेपाल किन आउनुभएको ?

मलाई स्वदेशको औधी माया लाग्छ । यो देशमा रोजगारी र विकासमा योगदान गर्न चाहान्छु । फोहोर, गोबर, झारपात आदीबाट बिजुली, ताप र बाफ निकाल्ने विधी जानेको छु । केही महिनामैं एउटा गाउँ (नाम नखुलाऊ) बाट म त्यो काम थाल्दैछु । सरकारको साथ पाए, नेपालमा खेर गएको फोहोर र झारपातबाटै देश झलमल्ल पार्न सकिन्छ भन्ने देखाइदिनेछु ।

फोहोर व्यवस्थापनमा हालेको टेन्डर के भयो नि ?

फिनल्याण्डको प्रतिष्ठित संस्था इकोफिनसँग मिलेर काठमाडौंको फोहोर व्यवस्थापन गर्न स्थानीय विकास मन्त्रालयमा प्रस्ताव गरेको थिए । तर, त्यहाँबाट मेरो संस्था छनौटमा परेन । केही व्यापारीहरुको लालसामा अल्झिएका सचिव र कर्मचारीले म जस्ता युवाको अवधारणा बुझेनन् । तर निराश भएको छैन् । काठमाण्डुमा काम गर्न नपाएपनि अरु शहरी क्षेत्रमा चाडै काम थाल्दैछु ।


 



 
Posted on 04-11-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you sure this interview is true? Where is the source? He graduated from University of South Alabama,. He was my collegue.
 
Posted on 04-11-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalism it was published in nagariknews.com few days back .


 


 
Posted on 04-11-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dude,


Good job. BTW, change your last name to Koirala so associated last name with the Koirala clan can lead you to the road of future PM. Remember this!


 
बैरागिकाइलो
Posted on 04-12-10 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केको गन्थन , कस्ले propose गर्या भनेर , हामीले सोध्या पनि छैन , एउटा नेपालिले नेपाली खोजेर बिहे गर्ने तयारी हुँदै छ , तर हामी हरु पकवान तयार गर्दै छौ .

किन खोजी निती कस्ले प्रपोज गर्‍यो भनेर, ४० बर्से सुन बुढी भेटे पछी , हेरै जा तेरो भाग्यमा "पहिलो पुरुष" First Man  बन्ने लेखेको रहेछ भने
सुन्न पाइेला

१ , २ वटा घोर्ले छोरो पाइदी भने झन सुनमा सुगन्ध ,
भन्नु जरुरी छैन कस्ले प्रपोज गर्‍यो , घर जमा जमा , तेही हाम्रो शुभकामना ।

 
Posted on 04-13-10 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही महिना अघी मनिषाको आपतीजनक भिडियो यही साझा मा थियो। नेपाली समाज धेरै सहन शिल भ्एछ।
गूड् लक टु बोथ अफ दिम।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters