[Show all top banners]
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 परिवर्तन
[VIEWED 5557 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी प्रेमिका - रुपा

रुपा र मेरो पहिलो पटक भेट भएको पनि यो मेमा ३ बर्ष हुन्छ। मलाई याद छ त्यो साँझ राजनको अपार्ट्मेंटमा फाइनल सक्किएको वीकएन्डमा भएको पार्टी। कोही ओसन सिटी जाने रे कोही भने एस्टेस पार्क, कोही भने त्यहीं कलेजमा बस्ने रे समरमा। यस्तै कुराहरु चल्दै थियो, रुपा र रचना पनि आए पार्टीमा संलग्न हुन। रुपा बाहेक त्यहाँ भएकाहरु सबैलाई चिन्थे म। त्यो कलेजमा पढ्न थालेको पनि साँढे तीन बर्ष भइ सक्याथ्यो। उन्लाई नचिनेर हो या के हो मेरा आँखाले हरेक २ मिनेटमा रुपालाई खोज्थे। २ ४ पटक त उन्का र मेरा आँखाहरु पनि जुधे। पिएको  २ बोटल बियर्ले हौसला बढाएर होला उत्सुक्ता मेटाउन म गये रुपाको छेउमा।

"हाइ म प्रकाश" भन्दै थिएँ रचना मेरो पछाडिबाट "लौ प्रकाश दाईले चिन्नुभा छैन एस्लाई? मेरो बच्चा देखिको साथी रुपा" भन्दै   आईन हाम्रो अगाडि र रुपा लाई मेरो बारेमा उन्लाई थाहा भएको सबै कुरा भनिन र "मेरो एक्छिन फोन गर्नु छ" भन्दै अर्को कोठामा लागिन। 

औपचारिक परिचय पछी हाम्रो केहीबेरको वार्तालापमा मैले रुपाको बारेमा अरु जानकारी पाए। उनी अरु नै कुनै राज्यबाट ट्रान्स्फर भएर यहाँ आएकी रहिछन।  पार्टीको बातावरण चर्किदै थियो। उनी "एक्कैछिन है" भनी रचना भा कोठामा गयिन। केही बेरमा दुवै बाहिर निस्क्ये र म तिर आए। रचनाले "प्रकाश दाई, हजुरले धेरै नपिउनुभा भये रुपालाई घर छोड्दिन सक्नुहुन्छ?" भनिन। मलाई रुपा त्यती छिटो घर जाने कुरा मन परेको थिएन तर उन्को अनुहारमा देखिएको मधुरोपनलाई बुझेर "हुन्छ" मात्रै भने।  
 
 बाटोमा उनी त्यती बोलिनन र म पनि त्यती बोलिन। चिनेको १ घण्टा पनी त भा थिएन, कुरा गर्ने नै के। तर हाम्रो मौन्तालाई भङग गर्दै मैले "तिमिलाई त्यहां रमाइलो भएन?" भनी सोधे। "हैन मलाई आज अली सन्चो छैन त्यसैले" मात्र भनेर कुरा सकिन। "त्यस्तो सन्चो नभा मान्छे पार्टीमा आ किन? अघी सम्म ठिकै थियो एक्कासी के भएछ?" भन्ने प्रश्न मेरो मनमा खेल्दै थियो, "मलाई खास त्यस्तो होहल्ला त्यती मन पर्दैन" भनिन। त्यतिकैमा रुपा बस्ने अपार्ट्मेन्ट पनि आयो। उनी कारबाट ओर्लिने बेला "थ्यान्क यू, गूड् नाइट" भनिन र मैले पनि "गूड् नाइट" भनी लागें राजनको अपार्ट्मेन्ट तिर। मलाई बाटो भरी एक किसिमको नरमैलो महसुश भयो र राजनको मा नजाने निधो गरे। आफ्नो अपार्ट्मेन्टमा गएर सोफामा पल्टिये। मन्मा अनेक कुरा खेल्दै थियो, कुन बेला निधाएछु पत्तो भएन। 
 
त्यस समरमा मैले एउटा क्लास लिनु पर्ने भएकोले म त्यही शहरमा बस्ने भा थिए। सन्योग को कुरा, रुपाले पनि स्कुलमा ४० घण्टा काम पायिन। दिनहरु बित्दै गए, हाम्रो मित्रता पनि बढ्दै गयो। पहिला पहिला फोन्बूकमा खोज्न पर्ने उन्को नम्बर स्पीड डायलमा सरेको थियो। दुई दिन्मा हुने पाँच मिनेटको बार्ताले नपुगेर हरेक दुई घण्टामा हुने आधा घण्टाको बार्ता पनि छोटो लाग्न थालयाथ्यो। हाम्रा विकेन्डहरु पहिला भन्दा धेरै नै रमाइला हुन थाल्ये। कहिले मुभी, कहिले उन्कोमा डिनर त कहिले मेरोमा। उन्को हरेक कुराहरु मलाई मन पर्न थाल्यो र मेरा पनि उन्लाई।  रितु परिवर्तन सँगै हाम्रो मित्रताको सम्बन्ध पनि परिवर्तन भएको पत्तो भएन। हाम्रो सम्बन्धले अब प्रेमी प्रेमिकाको रुप लिएको थियो।
 
त्यसपछीको ८ महिना पनि रमाइलो सँग बित्यो। मैले उन्को परिवार, भुत र भबिस्यको सपनाको बारेमा जानकारी पाये र उन्ले पनि मेरो बारेमा। मेरो ग्र्याजुएसनमा उनी निक्कै खुशी देखिन्थिन तर साथ्साथै  उन्को मन्को निरासतालाई मैले बुझेको थिए। मेरो काम मिलेको थियो १००० माइल पर। उन्ले त्यो बिछोडलाई सहज रुप्मा लिन सकेकी थियिनन। आस्थाइ बिछोड र त्यस्पछिको सुन्दर भबिस्यको सपना देखेर हामी दुइले आफ्नो मन बुझाएउ। म हिंडे आफ्नो कर्म थलो तिर   ..............................
Last edited: 14-Mar-08 01:55 PM

 
Posted on 03-11-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Norton ब्रो, कथा को सुरुवात त दरो छ। त्यस पछी के भयो? बाँकी कथा नि चाडो लेखम त।
 
Posted on 03-11-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paribartan chha title .... "रितु परिवर्तन सँगै हाम्रो मित्रताको सम्बन्ध पनि परिवर्तन भएको पत्तो भएन।" maatrai lekhera ta pugena baa ...

we are expecting a jabardast paribartan ...

 


 
Posted on 03-14-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हिंडे आफ्नो कर्म थलो तिर   ..............................
 
मेरी श्रीमती  - रुपा
 
नयाँ शहर, नयाँ काम र नयाँ जिबन्सैलीसँग म परिचित हुन खोज्दै थिए। उता रुपा पनि आफ्नो पढाई चाँडो सकेर म भएको शहरमा आउने सपना बुन्दै थियीन। दिनहुँ हाम्रो फोनमा कुरा हुन्थ्यो। उन्को ग्र्याजुएसन जती नजिकिदै गयो उन्को घरबाट उन्लाई विवाहको दबाब बढ्दै गयो। हुनत मेरो घरबाट पनि विवाहको कुरा नआएको होइन। मैले आफ्नो घरमा अबको १ बर्षमा गर्ने भनी टारे र साथ्साथै रुपाको बारेमा पनि सन्केत गराए। रुपाले भने घरमा मेरो बारेमा कुरा गर्ने आँट गरिनन। समय अनुकुल मिलाएर भनौला भन्दा भन्दै नेपालमा उन्को लागि केटा खोज्ने क्रम चलिसक्या रहेछ। त्यो कुरा थाहा पाये पछी उन्ले आफ्नो दिदिलाई हाम्रो बारेमा सबै खुलस्त पारीन। दिदिले बुवा आमालाई हाम्रो सिफारिस गर्नु भयो। उहाहरुलाई मेरो सबै कुरा चित्त बुझ्यो तर हाम्रो जात हाम्रो मिलन बिच्को तगारो बन्यो। केही महिनाको निरन्तर प्रयास पछी उहाहरुलाई राजी गराउन रुपा सफल भयिन।
पोहोर साल मे मा उनी पनि ग्र्याजुएट भयिन र भाग्यबस उन्को काम पनि म भएको शहरमै मिल्यो। हाम्रो खुशीको सिमाना रहेन।  
नयाँ अपार्ट्मेन्टमा सरेको पनि १ महिना भएको थियो। हाम्रो परिवारको ईच्छा अनुसार हामी नेपालमा गएर विवाह गर्ने भएका थियौ। कामबाट घर आयो अनी प्राय जसो सपिङ गर्न लाग्यो शहर तिर। यही भएको थियो हाम्रो रुटिन, नेपाल जानु भन्दा पहिले। काम बाट दुवैको १ महिनाको  छुट्टी मिलाई नेपाल गयौ। विवाह हाम्रो गच्छ्य अनुसारको भयो। हनिमुन पोखरा र ब्याक टु अमेरिका।
त्यस शहरमा हाम्रो धेरै साथीहरु नभएकोले एउटा वीकेन्ड पारी घरैमा सानो रिसेप्सन पार्टी गरियो।
हाम्रो दाम्पत्य जीवन सुखमय थियो। 

 
Posted on 03-14-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाम्रो दाम्पत्य जीवन सुखमय थियो।  "

थियो ???????????????????????????????


 


 
Posted on 03-14-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaena bhaena bhanea ........ minute details nabhaee kana kathaa rochak nai hudaina ... gotta add soul to the soma  ..   PLZ!!!

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
maga got what they voted for
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters