Sufal
Replies to this thread:
More by Sufal
What people are reading
Subscribers
Please log in to subscribe to Sufal's postings.
:: Subscribe
|
|
[VIEWED 6677
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Sufal
Please log in to subscribe to Sufal's postings.
Posted on 12-23-08 6:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"अल्बिदा तिमीलाई"
( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवनसँग मिल्न गएमा संयोग मात्र हुनेछ। ) भाग १
किन हो किन आज कल्पनाको गगनमा धेरै उडेको छु, हुन पनि किन नउड्नु नि पुर्णिमाको सफा जुनलाई कालो बादलले छेकेको जस्तो भएको छ आज मेरो जिबनमा ।हिजो सम्मको साफा जुन औंसिको रातसँग लुकामारी खेल्नमा नै मस्त थियो तर आज त्यही औंसी को रात जस्तो कालो बादलले ढपक्कै छोपिदिएको छ। खै त्यसो भन्न पनि अली मिल्दैन्न होला। कसैलाई मन पराउनु, कोही राम्रो लग्नु अनी मनपरेको मान्छे को नजिक हुन चाहनु केही मानव गुण जस्तो लाग्छ मलाई। त्यसमा मेरो के गल्ती? एउटा फक्रिएको फुलले हजारौ भमराहरुको चुम्बन नचाहदा नचाहदै पनि बिबश भ्एर लिरहन पर्छ। राम्रो हुनु, मिठो सुबाश दिनु मा त्यो फुलको के दोश? त्यसो त एउटा भनाइ नै छ नि, मन पराउने हजार हुन्छन। के भयो थियो आज, न म आमलाई भन्न नै न त बुवालाई। पारीबेश नै यस्तो भयो कि न त म हास्न नै सकें न त रुन नै।
मन कती रमाएको थियो, आज को परिक्षा सिदिन्छ अनी लामो बिदा हुन्छ, बिदा मा यसो गर्छु उसो गर्छु भन्दै थिए। अहिले त केही गर्न पनि जागर नै आएको छैन। आज केही हुन्छ जस्तो त मलाई बिहान देखी नै लगिरहेकोको थियो। सौगातले यस्तो गर्छ जस्तो त मलाई लगेको नै थिएन। सबैको मनको कुरा कस्ले पो बुझ्न सक्छ र? हेर्दा त सोझो जस्तो देखिन्छ तर आँट त निकै रहेछ। हाई स्कुल सिध्याएर म त्यो कलेज भर्ना भएको थिए आफ्नो उच्च शिक्षाको लागि।सौगात पनि त्यही पढथियो, म भन्दा सिनियर, भनौ उस्को last year । जुनियरहरुलाई जिस्काउने, हेप्ने आदी आदी कामहरु हामीलाई पनि नभएका त होइनन तर म पढ्न्नको लागि नै यहाँ आएको छु भन्ने सोचले म त्यता तिर त्यती ध्यान नै दिन्न थिए। तर अरु सिनियरहरु ले जे गरेपनी मलाई केही नगरन्नु भन्थियो उस्को साथीहरुलाई सौगातले। खै किन त्यसो भनेको जस्तो लग्थो मलाई। कहिले फ्रेन्डशिप गर्ने बहनामा त कहिले के के भन्दै मेरो नजिक आएको हुन्थियो । म पहिल पहिल त त्यती वस्तै गर्दिन थिए तर पछी त उसको उपस्थिती पनि रमाइलो लाग्थियो।कलेज जान्थें, आफ्नो क्लासहरु सकेपछी घर पुगी हाल्थिए। बाटोमा पनि मलाई नै कुरेर पसेको हुन्थियो। क्लास सुरु भएको केही दिन पछी सरासर आएर सुश्मित हेरन आज मलाई चक्रपथसम्मा छोड्दौ न प्लिज, आज केही पनि पाएन, न ट्याक्सी,
|
| |
|
|
|
|
Sufal
Please log in to subscribe to Sufal's postings.
Posted on 12-23-08 6:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
........न टम्पू, मेरो बाईक पनि सेर्विसिङ गर्न दिएको छु,अफिसको काम, भनेको समयमा पुग्नुपर्ने भन्यो। मन मनै रमाइलो लाग्यो। मेरो आँखामा आँखा राखेर उसले मलाई अनुरोध गरेको थियो। उसको आँखामा सगरको जस्तो गहिरै थियो। त्यही गहिरैमा म डुबुल्की मर्दै थिए, सौगातले सुश्मित प्लिज भन्दा पो झसंग भएं। हत्तपत्त हुन्छ नि त लगिदिन्छु, बस पछाडि भने, जब मेरो स्कूटर चल्न थालयो, उस्ले मलाई कसिने गरेर समत्यो,लाग्यो उस्ले कहिले बाईकको पछाडि बसेको छैन। जती बाईक अगाडि जान्छ उस्को कसाइ झनै कसिन थालियो। मन मन सम्झें मेरो दिज्जुले भन्ने गरेको थेगो,”यो केटाहरु आफ्नो स्वाथको लागि जुन हद सम्म पनि जान सक्छन”, तर सबै केटा काँहा त्यस्ता हुन्छन र?सहनै सकिन अनी सोधे-किन त्यसरी समतेको? त्यस पछी उस्को कस्सै अली कम भयो।उस्ले त्यसरी समतेन। उस्को ठाउँ मा छोडिदिए। म आफ्नो बाटो लागें ।
क्लास सुरु भएको तीन चार महिना पछी अरु साथीहरुले सौगातले तँलाई मन पराउंछ,भन्ने हल्ला सुनाउँथे। फुलको सुबाशको लागि भमरा वारीपरी झुमिनु स्वाभाविक नै हो नि होइन र? म चाँही सुनेको नसुनेको जस्तो गरिदिन्थिए। तर साथीहरुले जिस्काउँदा कता कता मनमा के भएको जस्तो चाहिँ महसुश हुन्थियो मलाई। कहिले कांही एक्लै हुँदा सोच्थें, सौगातको बारेमा। हेर्दा मान्छे राम्रो छ, आँफैले Software company खोलेको छ, भनौ एउटा काममा लगिसकेको छ। । मिहेनेत पनि एकदम नै गर्थियो। केटा त राम्रो नै छ, राम्रो नै पढ्छ, घर परिवार त थाहा भएन, तर उ अली हावा खालको छ, मतलब सन्की खलको। उसको साथीहरुले सन्काए पछी जे जस्तो काम कुरा पनि गर्थियो। आफ्नोपन केही छैन जस्तो लग्थियो मलाई।आफ्नोपन नै छैन भने कसरी हक्छ तो मान्छेले जिन्दगी।आफ्नो जिन्दगी त केबल आफ्नो हो, आँफै हाँक्न जानुपर्छ। दु:ख, सुख, उकाली, ओराली, हाँसो, रोदन, घाम अनी छाँया त केबल जिन्दगीको मित्र मात्र हुन, जिन्दगी ज्युनको लागि साथ दिने। तर यो त मेरो सोच मात्र हो, कती नै भिज्न पाएको छु र म उसँग,मैले त्यस्तो टिपणी गर्ने? के साथीहरुले भनेका कुरा साचिकै हो त? सौगातले नै मलाई प्रस्तव राख्यो भन्ने मैले के गर्ने जस्तो भन्ने प्रश्न आउथियो मेरो मनमा।
म मेरो घरकी एक्ली छोरी, बुवा आमाको ईच्छा अनी मेरो चाहना उच्च शिक्षा बिदेशमा हासिल गर्ने। त्यही अनुसार बुवासँग मिली सबै कगजपत्र पनि मिलाउदै थिए।कलेज,Tofel, sat को क्लास अनी आफ्नै कागजपत्र मिलाउनु
View/Share this post only
|
| |
|
|
Sufal
Please log in to subscribe to Sufal's postings.
Posted on 12-23-08 6:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
....पर्ने, नेपालको पारीबेश त्यही हो, सरकारी कार्यालयहरु को काम चोर प्रब्रिती। हैरान हुन्थें कहिले त, हैरान भएर पनि के गर्ने आखिर गर्न त पर्छ नै। सबै काम कुरा समयमा नि टुगिंदै थियो अनी मेरो पहिलो बर्षको परिक्षा पनि नजिकिदै थियो। भिसा Interview को काम चाँही परिक्षा पछी गर्छु भने सोचले appointment date त्यही अनुसार राखी परिक्षाको तयारी गर्न थालें।
क्रमश.....
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Business Ideas in Nepal? |
| 2020 : Why No Trump ! |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|