ugeslimbu
Replies to this thread:
More by ugeslimbu
What people are reading
Subscribers
Please log in to subscribe to ugeslimbu's postings.
:: Subscribe
|
विजय कुमार पाण्डेजीको अपमान पो भयो की !
|
[VIEWED 2674
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ugeslimbu
Please log in to subscribe to ugeslimbu's postings.
Posted on 09-16-15 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
‘एक महानतम् सोकल्ड एलिट लेखकका लागि सामान्य मदन पुरस्कार प्रदान गरिनु भन्दा लाटाहरुको काहानी लेख्ने लाटा लेखकहरुलाई पो दिनुपथ्र्यो, भन्ने कुरा थाहा पाउन मलाई १० वर्ष कुर्नुप¥यो ।’ –पाठकयो भनाइ मेरो होइन । न त लेखक युग पाठक जीको नै हो । बरु, अति सामान्य र ‘चिप’ भट्टी पसलमा भेटिने आम पाठकहरुको हो ।नेपाली लेखक–साहित्यकारको कुनै कृतिलाई दिइने सर्वोच्च सम्मान मदन पुरस्कार शुक्रबारको साइत पारेर एक जना सोकल्ड एलीट लेखकको एउटा सम्भ्रान्त संस्मरणलाई दिने निर्णय गरियो ।सामाजिक सञ्जालमा धेरै लेखक, पाठकहरुले यस्तो निर्णयलाई योजनाबद्ध निगाहा भनी आलोचना र टिप्पणी गरे । नेपाली साहित्यका धेरै पाठकहरुको दाँतमै ढुँगो लागे जस्तो भयो । अझै बढी भनौँ, यो त दाँतमा फलाम लागे जस्तो पो भयो ।यति भनिसकेपछि निज लेखकबारे केही लेख्नु जरुरी छ । लेखक तथा पत्रकार वीजय कुमार पाण्डे जी आफैँ एक ढोँगी लेखक मात्रै नभएर ढोँगी व्यक्ति नै हो भन्नुमा मलाई कुनै सन्देह छैन भनेर पाठकहरु भन्छन् ।००प्रिय पाठक, यस्ता महानतम् लेखक पाण्डे जी जस्तो व्यक्तित्वलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेर कतै उहाँकै हपमान त भएको छैन ! यस विषयमा कहिल्यै सोच्नुभएको छ ?यस्ता एलीटलाई मदन पुरस्कार दिएर उहाँको अपमान पो भयो की भन्न कुनै सन्देह छैन । किन भन्नुहोला : उहाँलाई यस्ता नाथे पुरस्कारले सम्मान हुनै सक्दैन । उहाँ त नेपालमा भएका अरु औसत पत्रकार भन्दा निकै भिन्न र विशेष खाले लेखक पो हो त ।जो अरु औसत लेखक कविले पाउने पुरस्कार हात थापेर आफ्नो एलीटपन कसरी गिराउन सक्नुहोला । वीजय पाण्डे जी त वीरेन्द्रजी, ज्ञानेन्द्रजी र रानी ऐश्वर्यजी जस्ता महानतम् राजा–रानीहरुसँग सिधा आँखा जुधाएर वियर पिउने अद्धित्तीय लेखक ।उहाँ जस्तो महानतम् लेखकले मदन पुरस्कारको राशी हात थापेर लिँदा उहाँको अपमान हुने त होइन ? वा के यस्तो काम उहाँको हब्बी भित्र पर्ला त ?उहाँले त नमस्ते गरेर उसको पुकारा गर्नु आफैँमा देवत्यकरण गरिए जस्तो हो भन्नुभएको थियो । पुस्तकमा पनि यस्तो कुरा गर्नुभएको छ । तर, मदन पुरस्कार हातै थापेर ग्रहण गर्नुपर्दा पुरस्कार दिने व्यक्तिका अगाडी झुक्नु पर्ने पो भयो त ।थाहा छ, मदन पुरस्कार गुठीका अध्यक्ष कमल मणीजीले वीजय जीलाई यो पुरस्कार दिनुहुनेछ । र उहाँले हातमा त्यस पुरस्कार लिनका लागि कमलमणी जीका अघिल्तिर झुक्नुपर्ने छ ।वीजय जी तपाईँ नै भनिदिनुहोस् न, तपाईँजस्तो एलिट लेखकका लागि के यो निर्णय सम्मानजनक हो की अपमानजनक ?००कुनै मामुली व्यक्ति । अर्थात् मदन पुरस्कार गुठीका अध्यक्ष कमल मणी दिक्षित जीको हातद्धारा ग्रहण गरिने नाथे सामान्यतम् पुरस्कार त उपेन्द्र सुब्बाजी वा राजन मुकारुङ जी जस्ता लाटाहरुको कथा लेख्ने लाटा लेखकहरुले पो थाप्ने हो त । ‘लाटो पहाड’ जस्ता अति सामान्यतम् चिप कुराहरु गन्थनमन्थन् लेख्नेहरुलाई पो सुहाउँछ यस्तो पुरस्कार । कम्तिमा वीजयजी जस्तो व्यक्तित्वका लागि त विशेष खाले महान पुरस्कारको सृजना गरिनुपथ्र्यो । होइन र ? कमलमणी जीले यस्तो कुरा बुझ्नुपथ्र्यो नी । के तपाईँलाई थाहा थिएन की, पाण्डे जी जस्तो महानतम् लेखकले राजा महाराजाको हातबाट पुरस्कार ग्रहण गर्नुपथ्र्यो । अरु सामान्य व्यक्तिका अघि पाण्डेजी कहिल्यै झुक्नुहुन्न भन्ने कमलमणी जीलाई ख्याल थिएन सायद् । यस्तो कुरा थाहा पाउन कमलमणी जीले अरु कति वर्ष पर्खनुपर्ने हो कुन्नी !उहाँ त राजा वीरेन्द्रजी वा रानी ऐश्वर्यजीसँग सिधा आँखा जुधाएर वियर पिउने लेखक तथा पत्रकार । जो सामान्य मान्छेले उहाँको एलिटपनको कसरी सम्मान गर्न सक्लान् ।कि यसो गरियोस् : कमलमणी जीलाई मेरो सुझाव के भने, ज्ञानेन्द्र जीलाई त्यस पुरस्कार प्रदान गर्न लगाइयोस् कृपा गरेर । सायद् वीरेन्द्रजी वा ऐश्वर्याजी यदी आजका मितिसम्म भइदिएको भए उहाँको संयुक्त हस्तबाट पुरस्कार ग्रहण गर्ने प्रबन्ध मिल्थ्यो होला । उहाँहरुको स्वर्गेवासभइसकेपछि त्यसबारे सोच्नु नै उचित हुनेछैन । बरु, वीजयजीका निकटतम मित्र ज्ञानेन्द्रजीलाई त्यस पुरस्कार प्रदान गर्न लगाइयोस् ।००वीजयजीको यस्तो ढोँगी आनीबानी र व्यवहार छ भन्ने कुराको जानकारी पाउन मलाई एक दशक समय लाग्यो भनेर आम पाठकहरु भन्नुहुन्छ अचेल । मदन पुरस्कार पाएको भनिइएको उहाँको महानतम् कृति स्वयंमा थुप्रै ढोंग र झुट समावेश छन् । यो त तथ्य नै हो ।हो । त्यस्ता झुट वा ढोंगले चाहीँ कम्तिमा यस्तो सम्मानित भनिइएको पुरस्कार पाउनु एउटा दुर्घटना नै हो भनेर लेखक÷साहित्यकारहरुको मेहफिलमा हल्ला छ ।उनीहरुले ससाना सस्ता भट्टी पसलहरुमा पाण्डेजीको ढोँगी र झुट कृतिलाई पुरस्कार दिने भनेर पुरस्कारकै गरिमा तल झारे भनी चर्चा गरेका छन् । आत्मा श्लाघाले भरिएको एक ‘एलिट’ सेलिब्रिटीको ढोँगी बिचारले मदन पुरस्कार पाउनु हुँदैनथ्यो भनेर धेरै चिप लेखकले भनेका छन् ।पाण्डे जी मेरा अति अग्रज तर अप्रीय पत्रकार र लेखक दुवै हुनुहुन्छ । उहाँसँग मेरो लेनदेनको कुरा रहेन । चिनजान पनि राम्रो होइन । तर, मलाई त्यस्तो लाग्दैन । बरु, यो पुरस्कार दिने भनेर पाण्डेजी जस्तो महान् लेखकको गरिमा पो झर्ने भयो की भन्ने लाग्दैछ ।००दुई दशकअघि उहाँले ‘कामना’ मासिक पत्रिकाका लागि दिएको अन्तरर्वार्तामा रजनीश ओशोको व्यक्तित्व र बिचारबारे चर्को आलोचना गर्नुभएको छ । ओशोको दाह्री, औँठी र हरसमय साथै रहने यौवनले भरिएका सुन्दर युवतीहरुसम्मको आलोचना उहाँले कडा रुपमै गर्नुभएको रहेछ ।सोल्टी होटलको प्रसंग निकालेर उहाँले उल्लेख गर्नुभएको कुरा के छ भने, ओशो आफैं भगवान नभएर एक ढोंगी जोगी थिए । र उनको भक्त आफू हुनै नसक्ने जिकीर पाण्डे जीको थियो ।२८ वर्षको उमेरमा कामनालाई दिएको अन्तरर्वार्तामा पाण्डेजीले चर्को आलोचना गर्नुभएको छ । तर, ठिक त्यसको काउन्टर हुने गरी उहाँको मदन पुरस्कार प्राप्त कृतिमा के भनिएको छ भने ओशो महान व्यक्ति थिए । उनी त व्यक्ति नभएर ‘भगवान’ थिए । त्यसो त, ओशोको महिमा बयानकै लागि वा देवत्व गर्नका लागि उहाँले हजारौँ शब्दहरु अन्य अखवारी लेखनमा पनि खर्चिसक्नुभएको छ ।अर्को अनौठो उहाँको हब्बी कस्तो छ भने नी, तिनै विजयजीद्धारा ढोँगी भनिइएका ओशोका चेला वा दास भनौँ तपोवन बासी आनन्द अरुणको शरणमा पाण्डे जी हरेक हप्ता लम्पसार पर्दैआउनुभएको छ ।अग्लो जिउडालका पाण्डेजी लमक–लमक लम्केर प्रायः हरेक शनिबार तपोवन पुग्नुहुन्छ । र त्यहाँ उहाँले दर्शन् गर्नुहुन्छ साक्षत् भगवान आनन्द अरुणको । अरुणको चरणमा पाण्डेजी केही मिनेटसम्म लम्पसार परिसकेपछि मात्रै उनको अरु वाक्य फुट्छ ।यो त भयो पाण्डेजीको यथार्थ दैनिक व्यवहार । अर्थात् उहाँ यसलाई आफ्नो हब्बी भन्न रुचाउनुहोला सायद् । उहाँले भन्नुहोला ‘द्याट्स माइ स्टाइल । आइ नेभेर केयर एवाउट द्याट ।’ भनेर मुसुमुसु मुस्कुराउनुहुन्छ होला ।तपोवनमा साष्टाङ्ग दण्डवत् गर्ने यस्तो उहाँको गतिविधि देख्ने यही लेखक स्यवं हो । आनन्द अरुणका अघि केही मिनेटसम्म लम्पसार परेर सुतेको देख्न मैले धेरै वर्ष पर्खनुप¥यो ।००हो । त्यसै गरी ओशोका चेलाको चरणमा लम्पसार परेर शरण गर्ने उनै पाण्डेजीका अन्य अनौपचारिक ढोँगको पेटारो लामो छ । तर, ढोँग पनि होइन । (त्यो ढोँग त उहाँको पर्सनालिटी हो की सायद् ।)र उहाँले यस्तो थुप्रै ढोँग र सम्भ्रान्तपन आफ्नो नयां पुस्तक खुसीभित्र पनि समराइज गर्न भ्याउनुभएको छ । धेरै ठाउँमा धेरै पेजहरुमा पाण्डेजीले यस्ता धेरै ढोँगी बिचार खन्याउन भ्याउनुभएको छ ।यतिसम्म की, उहाँले कतिपय तथ्य नै बंग्याएर पुस्तक भर्नुभएको प्रष्ट छ । जस्तै, नारायण गोपालको निधनपछि उहाँ सायद एक्लै बिहेमा उपस्थित हुनुभएको थियो । राजा महाराजाहरुका अति सेक्रेट मिटिङ र डिनर पार्टीका कुराहरु त छोड्ने कुरै भएन ।पाण्डेजीको अर्को ढोँग अर्थात् पर्शनालिटी : उहाँले आफू एलीट फेमिलीबाट आएको भनी कडा प्रस्तुती दिइरहँदा काठमाडौं आएर आफ्नी आमाले सिलाई–बुनाइ गरी कमाएको पैशाले पाण्डेजीको स्कुल खर्च भरेको कुरा बिर्सनुभयो । वा पुस्तकमा अटाएन । ( यो प्रसंग त उहाँकै एक पाठकले फेसबुकमै आलोचना गरिसकेको कुरा थियो )आखिर, पाण्डेजी एलीट हो रे । यो उहाँका कतिपय प्रसंगहरुले देखाइसके । जस्तै, अमेरिकाको पार्टी वा हायात होटलको दारु पार्टी । सामान्य पाठकहलाई उहाँले यसरी झुक्याउनुभएको छ की, आम पाठकहरु पाण्डेजी कती महान व्यक्ति । ‘कस्तो खतरा कन्फेसन गरेको’ भनेर आम पाठकहरु दंग बने । ओहो ! झुक्याउनुभएको होइन क्यारे । उहाँले त पाठकलाई ‘हिप्नोटाइज’ गराउनुभएको पो थियो । झण्डै व्रह्मज्ञान प्राप्त गरिसकेको महानतम् लेखकले पनि कहिल्यै झुक्याउने चेष्टा गर्छ र ? बरु म आफैँ पो उहाँको टिप्पणी गर्न झुक्किएछु ।जब उनीहरुले ‘खुसी’ पढिसके । त्यो के भने, पाण्डेजीले त दारु पिएर ‘ल्याङ’ भएको कुरा पनि पुस्तकमा लेख्नुभयो ।तर, यो बिचरा सहानुभुतिसँगै आम पाठकले के बुझेनन् भने, पाण्डे जी त खगेन्द्र संग्रौला वा अरु चानचुने सडकछाप लेखक जस्तो चिप भट्टीमा बसेर लोकल दारु ‘ नेट सट’ हान्ने खालको लेखक÷पत्रकार नभएर सम्भ्रान्त हुनुन्थ्यो ।पाण्डे जी त जन्मदै हुर्कँदै किसुनजीको काखमा हुर्कनुभयो । किसुन जी, तुलशी जी, मनमोहन जीहरु उहाँका निकटतम मित्र थिए । पत्रकारितामा ताते गर्ने बेला नै उहाँ राजाको काखमा पुग्नुभयो । यसो भनेर पाण्डे जीले आफ्नो पुस्तकमा लेखिरहँदा उहाँको लेखन कौशल मात्रै होइन, उहाँको सम्भ्रान्तपन र सत्तामोहको चरम लिप्ततादेखिएकै हो भनी मैले भन्नु पर्दैन पाठक जी हरुले भन्छन् ।उहाँले मामाको बखान गर्नुभयो । यति गर्नु भयो कि, मामाको बखान गर्दा गर्दै आमाको दुख लेख्न बिर्सनुभयो । एउटा पत्रकार कुनै व्यक्ति होस् वा राजा महाराजा नै । कसैसँग दारु पिएर वा सेक्रेट डिनरमा जाँदा उसको इथिक्सको लेभल कति रहन्छ भन्ने कुरा पाण्डेजी जस्तो बरिष्ठ पत्रकार लेखकले बुझेकै हुनुपर्छ सायद् । ००उहाँले बारम्बार दोहो¥याउनुभएको छ, उहाँ त अरु जस्तो चानचुने पत्रकार नै होइन । अरु जस्तो सामान्य लेखक नै होइन । अरु पत्रकार त उहाँको कुम–कुम पनि मुस्किलले आउँथे । उहाँको पत्रकारिता विशेष खालको हुन्थ्यो । मालिकसँग सिधै गएर भन्नुहुन्थ्यो रे, ‘ए कैलाश मलाई जागिर देऊ ।’ पाठक बृन्द, भन्नुहोस् : यसरी ‘एलिटका लागि एलिटद्धारा लेखिएको एलिट काहानी वा कृति’लाई एउटा सामान्य मदन पुरस्कार किन दिइयो ? यो त आफैँ अपमान भएन त ?
|
| |
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 09-16-15 11:56
AM [Snapshot: 1]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'टासे' अर्को टसुवाले टासी सक्यो | लनठक टसुवा परीस २ नम्बरमा |
Last edited: 16-Sep-15 01:13 PM
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Business Ideas in Nepal? |
| 2020 : Why No Trump ! |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|