[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Chinese Asst Foreign Minister डोउ इनयोङ at Prachanda's private garden in Lazminpat
[VIEWED 2955 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-15 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chinese Asst Foreign Minister डोउ इनयोङ at Prachanda's private garden smile emoticon
चिनियाँ विदेश सहायक मन्त्री तथा कम्युनिष्ट पार्टीका नेता डोउ इनयोङ सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास लाजिम्पाट पुगे। विहान ८: १५ मा दाहाल निवास पुगेका डोउले डेड घण्टा दाहालसँग बिताए। उनले त्यो समयमा राजनीतिक भलाकुसरी मात्र गरेनन् दाहालको करेसावारी र टेवल टेनिस वोर्डसम्म हेर्न भ्याए।

दाहाल निवासको भूइँतलामा रहेको बैठक कोठामा दुई जनाबीच छलफल चलिरहेको थियो। भेटको करिव १ घण्टा पछि दाहाल र डोउ बाहिर निस्किए। डोउको स्कर्टमा आएको टोलीले सवारी साधान स्टार्ट गरेर तयारी अवस्थामा राख्यो। तर डोउ बाहिर निस्केनन्। उनी पछाडिको ढोकाबाट दाहालको करेसावारीमा पुगे।

IMG 9837
करेसाबारीतर्फ लैजाँदै दाहाल।

आफ्नो प्रतिनिधिमण्डलका सदस्य सहित डोउले दाहालको करेसावारी अवलोकन गरे। दाहालले डोउलाइ आफ्नो करेसावारीमा फलाएका तरकारी बारे वर्णन समेत गरे। दाहालले करेसावारीमा घिरौंला, भन्टा, करेला, गोलभेँडा लगायतका तरकारी देखाए। उनले सुनाए, 'हाम्रो भान्सामा हामी आफैँ उत्पादन गरेको तरकारी प्रयोग गर्छौं।'

दाहालको जवाफ सुनेर चिनिया विदेश सहायकमन्त्री डोउ मुस्काए।

IMG 9838
हलुवावेदको रुखबारे वर्णन गर्दै अध्यक्ष दाहाल
करेसावारी अवलोकनपछि दाहालले कम्पाउन्डको पछिल्लो भागमा रहेको टेवल टेनिस बोर्डमा पुर्यााए। 'यहाँ म बिहान-बिहान टेबल टेनिस खेल्छु', दाहालले नेपालीमै भने। करेसावारी र खेलको बारे भनिरहँदा डोउले निकै उत्सुकतापूर्वक आफ्नो दोभाषेमार्फत कुराहरु सुनिरहेका थिए। उनले बेलाबेला दोभाषेमार्फत दाहाललाई प्रश्न समेत गरे। उनका प्रश्नको जवाफ दाहालले नेपालीमै दिए।
IMG 9840

दाहालको टेबल टेनिस बोर्ड देखेर डोउ मुस्काए

करिब १० मिनेट लगाएर करेसाबारी र टेनिस बोर्ड हेरेपछि डोउ दाहाल निवासको कुखुरा खोरतिर फर्किए। कुखुराका दुई तीन भालेपोथी देखेपछि उनी फेरि मुस्काए। त्यसपछि पछि डोउ पार्किङ स्थलतिर सोझिए।

IMG 9843

उनी फर्किन लागेको ठानेर स्कर्टमा आएको टोलीले गाडी स्टार्ड गर्‍यो। उनीसँगै रहेका एक चिनियाँ अधिकारीले ‍गाडी भएको दिशातिर इसारा गरे। तर डोउ र दाहाल फेरि घरभित्र छिरे। स्कर्टको टोली छक्क पर्‍यो।

IMG 9844

भित्र पसेका डोउले पुन आधा घण्टा दाहाल निवासमा बिताए। त्यहाँ एमाओवादी महासचिव कृष्णबहादुर महरा बसिरहेका थिए। वैठक कोठामा एक छिन बसेपछि दाहाल र डोउ एक्ला एक्लै कुरा गर्ने भन्दै माथिल्लो कोठामा उक्लिए।

त्यसको आधा घण्टा पछि बाहिरिएका डोउले दाहालाई चिनियाँ संस्कृति झल्काउने एउटा आर्ट उपहार दिए। IMG 9847

डोउलाई उपहार दिँदै दाहाल

उपहार ग्रहण गर्दै दाहालले चिनियाँ भाषामा 'से से' (धन्यवाद) भने।

चीन र नेपाल बीच दौत्य सम्बन्ध कायम भएको ६० बर्ष पुगेको अवसरमा डोउ नेपाल भ्रमणमा आएका हुन्। दाहाल र डोउ भेटमा संविधान निर्माण, भूकम्प पछिको पुनःनिर्माण लगायतका विषयमा छलफल भएको एमाओवादी महासचिव कृष्णवहादुर महराले बताए। उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी र एनेकपा माओवादीका कार्यकर्ताबीच स्कुलिङ साटासाट गर्न भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।


 
Posted on 08-25-15 1:11 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिपूलेक को बारे चु पनि नगर्ने आदेश दिएर गए |

रागेले खसी उडायो, खसी लगेर के गर्छस , रेसिपी त मै संग छ |
लिपुलेक मा तिमिहरुले आफ्नो बनाएर के भयो र नक्सामा त हार्म्रै छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters