[Show all top banners]

Kiddo
Replies to this thread:

More by Kiddo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Salaam Saab! Aapka bharat mahan.
[VIEWED 11791 TIMES]
SAVE! for ease of future access.
Posted on 10-31-16 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

खुसिको खबर!!

प्रचण्ड सरकारले अर्को नया बिदा को घोषणा गर्यो!
चीन वा भारतको सरकार प्रमुखको नेपाल भ्रमण हुँदा नेपालमा सार्वजानिक बिदा हुने!!

अस्ति एउटाको मेहन्दी पार्टीमा गइयो, हिजो एउटाको रंगोलीको बिषयमा बाद विवाद सुनियो. रंगोली हाम्रो मौलिक संस्कृति होर?

मेहन्दी , ब्याचेलर पार्टी, रंगोली  हाम्रो रिवाज होइन. मा स्वयम् यो रिति निम्त्याउन्न.
तर कसैले त्यो मनाए भने म तेस्को खण्डन गर्न जान्दिन. गरुन, न गरुन, त्यो उसको मर्जी हो. मलाई गर्ने पर्छ भनेर लादेको छैन, मेरो टाउको किन दुख्ने?

मेरो टाउको तब दुख्छ, जब मेरो सरकारले आफ्नै बाबुको बिर्ता जस्तो गरेर नेपालको हक मा नानाथरि कुरा गर्न थाल्छ.
टाउको तब दुक्छ जब लाजै  पचाएर आफु त खुट्टा ढोग्न जान्छ, अनि सारा देशबासीको पनि टाउको घोक्राएर टेकाउन्छ


चीनका राष्ट्रपति जिन्पिंग गोवामा भएको ब्रिक सम्मेलन पश्चात नेपाल भ्रमण गर्ने कार्यक्रम हुन लागेको थियो. नेपालको पोलिटिक्समा निकै महत्वपुर्ण र संवेदनशील समयमा चीनका राष्ट्र प्रमुख आउनु एक महत्वपुर्ण कदम हुने थियो दुवै राष्ट्रलाई. चीन यो छेत्रमा आफ्नो पकड मजबूत बनाउन परि लाग्या छ (UN, general trade diplomacy etc). तर चीनले नेपालमा पंगु राज्य छ, गएर काम छैन भन्ने आभाष गरिहाल्यो अनि बंगलादेश तिर लाग्यो. यो एक प्रकारले नेपालको सानो तिनो बेइज्जत हुने काम थियो, यो छेत्रमा नेपालको महत्व कति छ भन्ने स्पष्ट जनही भयो.

शायद यहि कामको स्याबासीलाइ होस् , अथवा भारतले गरेको अनौपचारिक नाकाबन्दीलाइ प्रोत्साहन गर्न होस्, हाम्रो सरकारले यो दुइ राष्ट्र प्रमुख आउंदा सार्वजनीक बिदा घोषणा गरको छ.

हो. कुरा बिदा मात्रको हो. कुन ठुलो कुरो भयो? हैन?
कुरो नेपालको बैदेशिक रणनीतिको हो. किन दुइ राष्ट्रलाई मात्र? America, Paakistan, बंगलादेश हाम्रो शत्रु हुन् र? उनीहरुलाई भाउ छैन? फेरी हाम्रो घांटी ऐन्ठेको बेला यस्तो काम गर्नु  त्यो कामलाइ प्रोत्साहन दिनु हैन?

कुरो सार्वभौमसत्ताको हो. अतिथि सम्मान गर्नु एउटा कुरा हो, अतिथिको नाममा देशै बन्द गर्नु - के हामि सिक्किम हौ?

नेपाल सानो छ, तर तेसो भन्दैमा हामि झुकेर मुत्नई पर्ने त हैन नि.


नेपालीलाइ दरबान भनेर जिस्कायो भन्दै थ्यो एउटा मित्रले. अब हाम्रो demotion भयो, अब हामि नोकर हुदै छौं.
साब सलाम!! आपका भारत महान.

Last edited: 31-Oct-16 09:43 AM

 
Posted on 10-31-16 9:37 AM     [Snapshot: 3]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो ब्लड त झन् यो खबर सुने पछि अझ बढी तात्या छ! एस्तो सत्कार गरेपछि, नेपाललाइ भारतीयहरुले आफ्नो एउटा प्रान्त जस्तो किन नठानुन?

http://setopati.com/samaj/55982/
Last edited: 31-Oct-16 09:37 AM

 
Posted on 10-31-16 12:26 PM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो प्रचंडे त डाका हो तर यो अहिले आएर मात्र बिदा दिएको चाई होइन| अल्लि अगाडी मोदी आउदा पनि भाथ्यो!
तर साच्ची तेती बेला त हामि लाइ मोति कै जयजयकार गर्दै मा फुर्सद भएन एस्तो कुरा याद हुन लाइ|

Last edited: 31-Oct-16 12:27 PM

 
Posted on 11-01-16 7:22 AM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो अचम्म होइन त ? पैसावाल चाइनिज लाइ छाडेर बुँगा देशको राष्ट्रपतिको स्वागत तयारी मा छौ हामी तोरीलाहुरे हरु हाहा.. खै के पान बनारसवाला बिपि, केपि भट्टराइको देश । तर नेपालीहरुलाइ बाल मतलब छैन नेपालको चाबी नारायणहिटी बाट दिल्ली सरेको । १७००० मार्ने मावोबादी तेस्रो पनि हुनु हुदैन थियो तर के गर्नु त्यसैले देश चलाइ राछ ! यो देश यस्तै हो जबसम्म नेपालीहरु हावा कुरामा दगुर्न छोडदैनन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters