[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 महत्तोकाङ्क्षा

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE: <<  1 2 3  
[VIEWED 34604 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-03-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घरमा बाबा, आमा, सानु भाई र म थियौ। बाबा सरकारी कार्यालयमा सचिब को ओहोदामा हुनुहुन्थ्यो। घुश खाने र लिने लाई घ्रिणा को रूप ले हेर्नु हुन्थ्यो तेसैले बाबा को साथी हरुको सामु हामिहरु मद्दम बर्गमै गणिन्थ्यौ। बाबा बिश्वोबिध्यलमा स्तनाकोउत्तरलाई पढाउनु पनि हुन्थ्यो। बाबा सर समाज र नातागोता को अगाडि प्रतिष्ठित हुनुहुन्थो र सबैजसो बाबा को आगडि इज्जतिलो ब्यक्तित्यो मै प्रस्तुत हुन्थे।

म घरको जेठि छोरी, पछी भबिष्य मा गएर ईन्जिनियर हुने सपना बोकेर बाह्र कक्षा मा पढ्दै थिए। हेर्दा हेर्दै बाह्र पनि सिधियो नतिजा पनि निश्कियो र पहिलो डिविजन्मानै पास भयँ। साथीहरु सबै बिदेश तिर धमाधम लाग्न थाले अनी आफु लाई  पनि बिदेसमानै गएर बाँकी पढाई सिद्द्याउने कौतुहलत मनमा जाग्यो। एकदिन बाबा सँग आफ्नु इक्ष्या प्रकट गँरे। बाबा ले बिरोध जनाउनु भयो र तिमी एकजना केटी मान्छे त्यो अन्जान ठाउँ मा बस्न गाह्रो हुन्छ, फेरी हामी ले देख्न पनि पाउदैनौ, यहाँ पनि राम्रो कलेज हरु छन, पुल्चोक मा  अथवा काठमाडौं युनिभर्सिटी मा प्रयास गर भन्नु भयो। आमाले पनि छोरी तिमी एही भयोउ भने मलाई पनि साथी हुन्छ फेरी तिम्रो सन्चो बिसन्चो को खयाल पनि कस्ले गर्छ त्यो बिरानो ठाउमा भन्नु भयो। तर बिदेश जाने धुनमा कसैको कुरा पनि शही लागेन। दुई महिना सम्म लगातार् बाबा लाई त्यही कुरमा जोड दियी रहे, अन्तमा बाबाले हार खाएर मनले नमानी नमानी हुन्छ भन्नु भयो। बाबाको स्विक्रिती पाएपछी मैले धमाधम आफ्नु  अमेरिका जाने तयारि सुरु गरे, टोफेल दिये र हेर्दा हेर्दै पसपोर्ट मा भिशा को स्टाम्प पनि लाग्यो र जाने दिन को तयारी पनि भयो। समय धेरैनै छिटो बितिरहेको थियो।

हिंड्ने अघिल्लो रात बाबा मेरो कोठामा तिन् घन्टा बस्नु भयो र मलाई मान, मर्यादा र  प्रतिस्ठाको पाठ पढाउनु भयो। उँहा को शब्दहरु ले मलाई एही एहेसास दिलायो कि बाबाको जिन्दगीभर को कमाइ, मेहनत र प्रतिस्ठा भनेको म र मेरो भाई हो, म जेठि छोरी घरको इज्जत हो र कदै कदाचित केही बिग्रियो अथवा महिले बाटो बिराये भने उहाको जिन्दगी भरको मेहनत बेर्थ हुनेछ। उहाको शब्दहरु मेरो कान मा त गुन्झिरहेको थियो तर म एकनाश ले उहाको आँखामा टल्बलिरहेको आशुलाई घोरिएर हेरिरहेको थिए। बाबा भन्दै हुनुहुन्थ्यो छोरी जे जस्तो भएपनी आफ्नु कर्तब्य कहिले नबिर्सिनु र पढाई मा चाँही सदैब ध्यान दिनु, पैसा को गाह्रो पर्‍यो भने तिमी पिर नगर्नु म घर बेचेर भये पनि तिमीलाई पढाउछु। बाबा को कुर सुनेर मेरो आँखा रशायो र बाबाले आफ्नु आशु झर्लाकी भनेर ल तिमी सुत भोली छिटो उठ्नु पर्छ भनेर कोठाबाट बाहिर निस्किनु भयो र ढोका लगाइदिनु भयो। म लुगा मिलाउदै थिएँ , सात बर्ष को मेरो सनु भाई कोठामा आयो। मैले के भयो बाबु तिमी एती खेर सम्म किन नसुतेको भनेर सोधे उस्ले मेरो सुट्केस मा एक्टक ले हेरिरह्यो र तेसै भन्यो। उ मेरो खाट मा बसेर मिलायेर राखेका सुटकेसका लुगाहरु हेरिरह्यो। म ति लुगाहरु मिलाउनमा बेस्त थिये उ तेही कती खेर निदाएछ थाहै भएन।

भोली पल्ट बिमानस्थल मा बाबा, भाई र साथीहरु बिदायिकोलागी आएका थिए । आमा सँग घर मा नै रातो टिका र माला लगाएर बिदा भयिसकेको थिएँ। बाबा मलाई बारम्बार टिकेट कता राखेको छौ, पास्पोर्ट कता राखेको छौ फेरी हराउला भनेर सोधिरहनु भएको थियो, आँफैमा अल्मलियिरहनु भएको थियो। मैले चिन्तित बाबा लाई सन्तोना दिदै बाबा हजुर डराउनु पर्दैन, म आफ्नु हेर बिचार  गर्न सक्छु अब हजुर घर जानुस् भने, साथीहरु सँग  बिदा लिये र आफ्नु मातृभूमी सँग पनि बिदा लिएर प्लेनको भर्याङ उक्लिएँ।

प्लेन को लामो यात्रा पछी अमेरिका आयिपुँगे। सानु कलेज भएको ले मेरो इन्टरन्यासनल एड्वाइजर आँफै लिन आउनु भएको थियो। उहाले मलाई मेरो डोर्म मा लगिदिनु भयो, मेरो कोठा देखाइदिनु भयो। मेरो रूम्मेट् फोनमा गफ गरिरहेकी थियी, उस्लाई उ तिम्रो रूम्मेटा ज्यासमिन भनेर चीनाउनु भयो, उसले फोन राखी र मलाई कस्तोभयो सफर भनी, मैले राम्रो भयो मात्रा भने। तेस्पछी मैले एड्वाइजरलाइ मलाई नेपाल फोन गर्नु छ भने उहाले सिकाइदिनु भयो र जानु भयो। मैले ज्यासमिन फेरी फोनमा कुरा गर्न थालि, मैले चारै तिर कोठालाई हेरेँ,   आफ्नु कोठा को याद आयो किन हो किन नरमाइलो लाग्यो। तेस्पछी आफ्नु सामान मिलाउनु पर्‍यो भनेर लागे। मिलाउदै थिए ज्यासमिन ले डिनर खाने बेला भयो भनी, म उस्को पछी लागेर गए। उस्ले मलाई खानाहरु राखेको ठुलो कोठामा लागि र मेरो आज साथी को जन्मदिन छ म जान्छु भनेर हिडि। प्लेन मा केही रुचेन तेसैले भोक पनि लगिरहेको थियो। खानाहरु हजार पारीकार का थिए तर मन केसैमा पनि लागेन, जे हेर्दा पनि सुक्खा लाग्यो र श्रद्धा पनि लागेन, तेस्पची एउटा मा चिकेन लेखेको देखेर आफ्नु प्लेट मा हाले तर सुक्खा न सुक्खा, उसिनेको जस्तो, केही मसला नहालेको, घाटी बाट नै छिरेन। टाढा फल्फुल राखेको देखेँ र एउटा  स्याउ बोकेर आफ्नु कोठा तिर लागे। पेट खाली थियो र आमाले पकाएको काउली को तरकारी, जिम्बु झानेको कालो दाल, भात र खादेको मुला को अचार सम्झेर खुब आमा को याद आयो। कोठामा पुगे, कस्तो अनौठो लाग्यो, खाली खाली भित्ता, दुइटा सानु खाट आफ्नु जस्तो पनि नलाग्ने, अस्पातल मा बिरामी कुर्न लागेको जस्तो। भोक लगिरहेको थियो, आमाले मलाई  निउरोड को पुषट्कारी मन पर्ने भएर हालिदिनु भएको थियो तेही निकाले र टोक्न थाँले। आमा बाबा र भाई को याद आयो आँखाबाट आशुको धारा बग्नेथाले। घरमा फोन गरे एक्घन्टी मै फोन उठ्यो अनी बाबाले केही नसोचिकन  छोरी भन्नु भयो, मैले हजुर भने। उहाहरु मेरो फोन कुरेर तेस्को नजिक एक्डक नचली बसिरहनु भएको रहेछ। बाबाले राम्रै सँग पुग्योउ छोरी  भनेर सोध्नु भयो मैले अँ पुगे भने, बाबाको सोर सुनेर मुटुमा गाठो पर्‍यो र बोल्नै सकिन, बाबा पनि बोल्न सक्नु भएन र आमालाई फोन दिनु भयो, आमा ले छोरी त्यहाँ कती बज्यो भनेर सोध्नु भयो मैले राती को ९ भने अनी खाना खायोउ भन्नु भयो, खाए भने। मेरो छोटो जवाफ ले होला उहालै विश्वाश भएन र फेरी राम्ररी त खायोउ भनेर सोध्नु भयो। मैले खाए भने।  आँसुको बलिन्द्र धारा बगिरहेको थियो तैपनी आफुलाई समाली समाली बोलिरहेको थिए। अनी फेरी आमा रुन थालनु हुन्छ भनेर भाई खोइ  भनेर सोधे, उँहाले एही छ, केही नगरेर  तिम्रो फोन कुरेर कतै हल्लेको पनि छैन फोन को नजिकै बसिरहेको छ। मैले दिदिको फोन आयो भने बोलाउला गएर खेल्दै गर भन्दा पनि नमानेर बसिरहेको छ भन्नु भयो र फोन दिनु भयो। मैले भाई भने, उसले मेरो स्वोर सुन्नेबित्तिकै फुरुङ भएरए एक्कैसासमा दिदी हजुर कहिले आउने भनेर सोध्यो, उस्को त्यो प्रश्नले म स्तब्ब्द भए, अनी चिसो मन ले आयीहल्छु नि तिमी राम्रो सँग पढ अनी बाबा र आमा को हेर बिचार राम्रो सँग गर है भने र उस्को जवाफ नै नसुनी कन फोन राखिदिए।

त्यो रात मेरो आँखा बाट आशु को भेल बग्न छोडेनन। आफु कती स्वर्थी भएको अनुभव भयो। कती सरल र सहज तरिकाले म आफ्नु कर्तब्य बाट पंक्षिएर त्यो सानु सात बर्ष को भाईलाई बाबा आमाको हेर बिचार  गर भने, आमा ले रात दिन हामीलाई के मन पर्छ, के खान रुचाउछन भनेर हेर्दा हेर्दा आफ्नु रुची नै बिर्सी सक्नु भएको थियो र आज मलाई छोरी तिमी मेरै नजिक बस मलाई साथी हुन्छ भन्दा उहाको कुरालाई एक्पल्ट पनि दोहरएर सोचिन। कस्तो रहेछ यो बिदेसिने महत्तोकाङ्क्षा बाबा को इस्नेह भरिएको शब्दहरुको मतलब नहुने, आमको खाना को मिठास छोड्न सक्ने, त्यो सानु भाई को निस्वार्थ प्रेम र मिठो बोली छोड्न सक्ने, साथी भाई नातागोता घर आगन छोडेर यो अर्काको मुलुक लाई आफ्नु भबिस्सेको धरोहर देख्ने। त्यो रात म निदाउन सकिन र त्यो ठुलो महत्तोकाङ्क्षा आफ्नु भूमिका खोजिरहे।

Last edited: 03-Nov-07 01:32 PM
Last edited: 03-Nov-07 01:37 PM

 
Posted on 11-23-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Holly cow,

I m crying while reading ur article. Keep it up.

Go girl go. all the best for ur study.  


 
Posted on 11-24-07 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Ji,

btw thanks giving kasto bhairacha yeha ko.....turkey khanu bhayo ta ??

 

Jai Nepal

Psychosit

Last edited: 24-Nov-07 01:33 AM

 
Posted on 12-06-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

excellent story. too touching. I remembered my parents & their aspirations.

 
Posted on 12-11-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So heart touching........I have never felt so touched.  This is your third story in a row after reading "Bhinajuko Jutta". You are truely a great writer. 
 
Posted on 12-11-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I appriciate your writing. It heart touching, I hardly cry and my eyes were wet whike reading your article reminds me the day I left my home. keep writing


 
Posted on 12-12-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर बर्णन, राम्रो लेखाइ अनि मर्मिक कथा...
कता कता आफु अनि आफु जस्तै सुनौलो भबिस्यको कल्पनामा बिदेसिएको एक्लो, निरस जिवन को छाया भेटे यो कथामा। २-४ ठाउ म त आफ्नै कथा पो हो कि भन्ने भ्रम पनि भयो। अरु पनि लेख्दै गर्नुस।
 
Posted on 12-12-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touching!! Excellent piece of work!! I loved how your little brother waited for your calls. Very sweet and emotional!! Please keep on writing.


 
Posted on 12-12-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika,

As usual I am touched and u make me remember those things back in home my family and my initial days over here.Your words flows so well that i feel it reading every time i open Sajha so plz do write more soon. And Thanks for sharing it and we all appreciate your work.Thumps up!!!

Everyone has the similar story but everyone can't express as u do.


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters