[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 237022 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-11-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद्को आकस्मिक सुचना:


हालै भर्खरै खुलेको नयाँ चौतारीमा सुश्री खुसिमाया खरेल सर्वप्रथम हुनुभएकोमा सबैले बधाई दिईरहेको अवश्थामा मन्त्रीपरिषद्लाई लगातार अनवरतरुपमा श्री लहरेकान्त लाकौल द्वारा असंख्या रुन्चेपत्रहरु प्राप्त भएको छ। उक्त रुन्चेपत्रहरुमा लाकौलले आफू धाँधली, अन्तरघात तथा अराजकताको शीकार भएको कुरा रुँदै उल्लेख गरेका छन्। उनका केहि रुन्चेपत्रहरुको सार यस प्रका छन्।


१) द क्वाँ, द क्वाँ (उनि अंग्रेजीमा रुन रुचाउँछन्)...बल्ल बल्ल फस भएकोमा पनि बृद्ध जिम्मालले मेरो नाम केरेर खुसिलाई फस बनाईदिए द क्वाँ, द क्वाँ!


२) खुसि सिंगानी फस म सेकेन ह्वाँssssssssssss ह्वाँssssssss.....बालाई भन्दिन्छु ह्वाँsssssssss!


३) फस भइन भने इस्कुल पनि जान्न...कुईँsssss...कुईँsssss!


अत: निजका यस्ता असंख्य रुन्चेपत्रहरुलाई ध्यानमा राखि, चौतारी मन्त्रीपरीषद्ले न्याय दिलाऊन तथा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरेको छ। उक्त समितीले अहिलेको ३ घन्टा भित्रमा छानबिन गरि प्रतिवेदन पेश गर्ने छ। छानविन समितीमा निम्न सदस्यहरु रहेका छन्।


१) श्री मदनवा महतो


२)सुश्री खुसिमाया खरेल


३)श्री निशान्त निरौला


धन्यवाद्


चौतारी मन्त्रीपरीषद्

Last edited: 11-Dec-09 10:23 AM

 
Posted on 12-11-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो, चिसो कतिको लाग्या छ ? 

अल्सि ज्यान परो आफ्नु त - भक्खर चिया नास्ता हुँदै छ हौ ।

-----------------

के को साँचो डल्लिरेशम फलामको साँचो
झूठो हैन डल्लिरेशम यो कुरा साँचो
तिमेरु जस्तो नक्कलि मैया हाम्लाइ के को खाँचो

धिन्तिरि तिनिनिनि तिन्तिरि धिनिनिनि 
------------------------------
सुरुप्प्



 
Posted on 12-11-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चतुरे काईँला! के छ खबर? धेर दिन पछि झुल्केको देखियो त? गाथमा आरामै होला के रे?
 
Posted on 12-11-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, ठुल्दाइ, बिस्टे, खुशी, लहरे, खुशी, बिर्खे बुढा, रिट्ठे, बैरे सबैलाई सुक्रबारे जधौ ।   

होइन आज बिहानै देखी कस्तो बान्सा झ्याङ मा जस्तो हल्ला हो ........

आफु त हिजो अली बढी भएछ, भर्खर उठेको, ११ पनि बजिसकेछ,  झ्याल बाट एसो बहिर हेरेको आँखा नै खायो, हिजो र अस्तिको हिउ अझै उस्तै छ,  अनी त आज अफिस नजाने घोषणा पनि मन्मनै गरियो .......


 
Posted on 12-11-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चनादाइ , रामपुरे , बैरे ।



उता चना दाई ले श्रेष्ठ को बारे मा लेख्नु भएको लेखको पुच्छर जोडीदिएको छु । आफु श्रेष्ठ न परे पनि श्रेष्ठ भन्दा अली कम परे नि ठोक्दिएं लौ जा भनेर ।


लहरे बौचा, घुर्की देखाएर केही हुने वाला छैन , मुर्की देखाएर आउ। एक एक जना लाई ठीक पारी देउ । यस्तो हेप्नु त हुन्न नि मखुला ? 


:डि (प्याँलो टाउको सहित)



अली बढी चकचक गर्छ, घर टोल को संगत को फल हो नि । 


:डि (प्याँलो टाउको सहित)


 
Posted on 12-11-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ फ्याकेँ है सप्पैलाई। समात्नु। 
लहरे ले चौतारी बहिस्कार गर्‍यो रे ।।।कत्तिन्जेल हो हेरौ न अहिले आईपुग्छ एक्छिना,खपिनसक्नु भर..
लहरेको रुन्चे पत्र पढेर हास्या हास्यै भए है म त लोल सम्धी ज्यु लोल प्यालो टाउको सहित।
हैन हाम्रो हर्के कता हरायो हँ अचेल।
हर्के हराको सुचना निकाल्नु पर्‍यो लौ चौतारी मुन्त्री परिषद।
 
Posted on 12-11-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन्बिन समितिबाट मद्वन्वा लाई हटाउनु पर्ला जस्तो छ बिर्खे बा, हिजो लहरेले मदनव को लागि बिज्ञापन निकालेको मा मदनव लर्की पाए नि नपाए नि तेस्सै गदगद छ, अनी उस्ले त लहरेको सपोर्ट गरिहाल्छ नि बरु त्यस समितिमा हाम्री नितिशा लाई राखे कसो होला?

रामे के छ खबर?

 
Posted on 12-11-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो खुशी ........ तिम्रो लागि यो गीत " तिमीले सोधेउ के छ भनी, म सन्चो भयिहले " धेरैले नसुनेको हुनु पर्छ यो गीत

निएमापत्ती                                                     निएमापत्ती                                           निएमापत्ती
खुशी हो कि लहरे हो बोर्ड फर्स्ट भन्ने कुरामा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरी त्येस्मा खुशीलाई पनि राखेकोमा यो नेपालको बिरोध छ है .......... सोरी है खुशी ...... तिम्रो स्थान त्येस्तोमा होइन नि ..... मनमा छ नि                                 
धेरै ठाउमा प्यालो टाउको राखेर पढ्नुहोला, नत्र अनर्थ लाग्न सक्ने छ .... जये चौतारी

 
Posted on 12-11-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमरो पर्तिवैदनिया हियाँ दिएछु-


त जिमवाला बुह्रो हमको भि छानविनके सदस्स् बनाएछ हमि बहुते खुसि छु। त बात यो छ कि, चाहे कोइ हमरोलागि इश्तहार ऐड वैड चाहे जो दिओस, कोइ हमरो लागि एक दर्जनिया लरकि लाओस, हमि बाल दिन्देन जब हमरो परिनसपलियाके बात आवँछ। त हमरो परिनसपल यो छ कि, 'सुन्द्री हसिनाओँको लाख अपराध माफ' ।हँ? त हमि अब बात जो छ उ कलेरकट गर्छु। त यो सला सइब के सइब दुनियाँ जो चलेछ सुन्द्री लरकियाँको हाँसोसे चलेछ। एक बार सुसरा सुन्द्री लरकि हँस्नेको पड्छ सला हमि जैसन लरकाको सब टैन्शन्वा दुर भैहाल्छ। त हमि यो भनेछु हमरो परतिवैदनयामे कि खुसि सुनद्री चाहे जो किएछ बोरफस आनेको लागि ऊ हमरो नजरियामे सइब के सइब माफिके लायक छ। त हमि मानेछुँ कि आइजके चोतारीपे जो बोरफस भएछ ऊ खुसि भएछ! खेँ खेँ खेँ


जे राम जि कि।


 
Posted on 12-11-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल त अचेल ब्यानै चौतारी बेलुकि चौतारी तिर धाउँछ के रे भनेर उता बजैले करकर गर्याथिन । तन्नेरी देखिन लाग्या बानी, कतै तरुनी देखेसिन बुढा दसथरी बहाना बना'र तेतैतेतै हिन्छन भनेर दिक्क मान्दै थिइन । ज्यानाँ तागत छउञ्जेल त लौरी लेर नि तह लाइयो अरे, नलि खुट्टाँ सेकेर नि तह लाइयो, अब त आफु नि बुढी हुन थालिम, जे सुकै गरोस, दशौटि भित्र्या नि केहि भन्दिन अरे । लु है अब चै नि दिन खुल्या जस्तो छ है जिम्बाल, बजैले केहि नअर्नि भनेसिन त बाटो खुलि हालो नि ।

ठुल्दाइ को मुक्का - धिरे से लेकिन जोडका धमाका - 

लु अब एक लर्को चौतारीयनहरु भुँडि आन्दोलन तिर हिन्नि होला के रे । तारेमाम है सबै लाइ

 
Posted on 12-11-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तकारि जि को हमि परनाम करेछुँ। सला दुगो साइल होनेको आएछ हमरो बात भएको, सब कुश्ले मंगले छ हेन?
 
Posted on 12-11-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>धेरै ठाउमा प्यालो टाउको राखेर पढ्नुहोला, नत्र अनर्थ लाग्न सक्ने छ .... जये चौतारी <<<


लोल !


 
Posted on 12-11-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा भैया, 

परनाम है परनाम,

सब कुश्ले मंगले छ । अनि कुन हेल्थपोस्टाँ छौ अचेल । लरकिहरु कतिको आऊँछन त नि ? 

 
Posted on 12-11-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई, बैरे, रामे र मन्दन्वा किसन कन्हैया लाई पनि हेल्लो !


जिम्माल बा लोल ! लहरे को रुन्चे पत्र पढेर नहास्नु हासियो ! द क्वाँ रे लोल :D


 
Posted on 12-11-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सइन कुश्लेल मंग्ले छ चनातकारि दाजु। बस एक्टा पुरानो टैन्शनवा हमरो जि जान खाएछ, सला आईज तक कोनो लरकि पाएछेन कथि करने! अइब त सुसरा रामभजनेको उमर होनेको आइसकेछ। उ काशि गया जानेको टिकेटको कति टका पर्छ?
 
Posted on 12-11-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई यो हर्केको धेरै दिन देखी छूटेको तारेमाम अनी नमस्ते ।


के भन्छ डिसेम्बरमा हामी बिजी नभए को बिजी हुन्छ मखुला ठुल्दाइ ?


सप्पै एतै रछन बज्जे हरु लौ हेर रिठ्ठे मोटाको , जिम्मालले सुनको दात हालेर टिलिक्क पारेछ , लु है त , बस्दै गरम , साह्रै चिसो छ चिया पिउन लागे म चै ।


 
Posted on 12-11-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के जिम्दै रछ त ! काँटी बाटो बिरायोउ आज? बज्जे को थ्याप्रो अन्मार २-३ दिन नदेख्दा नि सुन्ने हुने रछ चौतारीमा ! :डि (प्याँलो टाउको सहित)


अरु सप्पै कता लागे? हसुर्न ब्यस्त हो कि क्या हो? आफ्नो त आज एन्जी स्टोन सँग लन्च पार्टी छ अड्डा मा ! :)


 
Posted on 12-11-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सब्का सब कता मरेछन शुक्रबार भए नि एत्ती चाडै त भाग्न नपर्ने हो
लौ आफुले त टन्न हुसुरियो क्यार ..
बरु ए मदन्वा एउटा दामी खैनी मोल त,चुना ठीक्क हाल नि अनी त्यो हात धोर मात्र मोल्ने नि ठुल्दाई कता लागे चिलिम नि छैन आज,एही मोल्वा ले चित्त बुझाउनु पर्‍यो।
 
Posted on 12-11-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हर्के र रिट्ठे लाई त नदेखिरा । हन हर्के का गैर्थीउ एत्तिका दिन,थला परेउ कि कसो ?

हन त्यो एन्जी ढुङो भन्या चै कोपरिन कि चिथरिन नि रिट्ठे
भनेर एसो गुग्ल्या त कालो थोपडो पो आयो गाउँने केटी रईछ,सुन्या नि थेन बजिनी को नाम,लौ कालो ठोपड हेर्न किन तम्स्या त्यसरी ?
निशे लाई देख्यो तिमीहरु ले,बज्जे ले २० रु सापट लेर गा का गयो गयो

Last edited: 11-Dec-09 12:39 PM

 
Posted on 12-11-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।
बिस्टे र हर्के लाई चाँही पहिलो राउन्ड र दोस्रो राउण्ड एक्मुष्ठ ।


नाम लिया हर्के हाजिर भने जस्तै चिप्ले खै भन्नु पर्छ हाजिर भैहाल्छ ( डी: पहेलो टाउको )


हैन साच्ची, लहरे देखिदैन नि ?


न आउने कसम खाएको, ख्याल ख्याल मा होला भन्थानेको ।
लौ पुरे फकाएर ल्याउ त्यसलाई । त्यो भएन भने उछलकुद् कल्ले गर्छ चौतारी मा ?  
बोर भएर ल्याउछ । ( डी: पहेलो टाउको )
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters