[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Dear Prachanda---------CaMoFLaGeD

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 16261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-03-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड प्रभु,
जदौ!!

क्यार्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला के रे। म नि सन्चै छु। अब क्यार्नु नि सन्चो नि नभएर, हैन त? आज खासै केहि काम गर्ने इच्छा नभएर तपाईँलाई नै एउटा पत्र लेखौँ कि जस्तो लागेर आयो अनि यो लेख्न थाल्या के। खोइ तपाईँले के पढ्न भ्याउनु हुन्छ होला र।

प्रभु, तपाईँलाई त क्या चिठ्ठा पर्ने हो भन्या। सुरुमा जनयुद्ध सुरु गर्दा मरिन्छ कि बाँचिन्छ भनेर एउटा फोटो नि खिचाएर युद्ध सुरु गर्नु भा रे अहिले नि ति फोटोका त सबै जिबितै छन् क्यारे। भनेपछि यत्रो युद्धमा केहि नि घाटा भएन के। क्या दामी!! फेरि हेर्नुस् न सोच्दै नसोचेका मोडहरु आइपुग्ने के। सुरुमा त्यहि १५ बर्ष युद्ध गर्ने भनेर सुरु गर्या अहिले १०-११ बर्षमै यत्रो उपलब्धी भयो।

राजा बिरेन्द्रले नि मरेरै भएनी गुण चाँहि लगाए के तपाईँलाई। कता कता भित्र मनबाट त धन्यवाद नि दिनुभयो होला है? ए कस्तो बिर्स्या भन्या मैले, बाबुराम जी एउटा लेख नै लेखाइहाल्नु भयो नि, बिरेन्द्र सङ्ग अघोषित कार्यगत एकता थियो भनेर। ठ्याक्कै त्यहि भनाउनु भा थियो कि यस्तै यस्तै अर्थ आउने कुरा भनाउनु भा'थियो। ओहो! त्यो बाबुराम जीको लेखले त बबालै गर्यो नि, युबराज घिमिरेलाई पुलिसले लगेर बबाल गर्देको थियो। भरे त तपाईँले नि बाबुराम जीलाई बबाल गरिदिनु भएछ आत्मालोचना गराएर। क्या गर्दिने भने नि, सुरुमा ल ल लेख्नुस न भनेजस्तो गरेर इशारा गर्दिने अनि लास्टाँ आत्मालोचना गराएर थेचार्दिने के।

प्रभु माने के मैले माने!!

हुन त राजा बिरेन्द्रले मात्र के नि, ज्ञानेन्द्रले नि त गुण लगाएकै हुन नि। कस्तो बेलामा तिनले कू गर्देर सबैको आखाँको तारो बनेरै भएनि सहयोग चाहि गरेकै हो। सुरुमा त सबैलाई ज्ञानेन्द्रले राम्रै गरे जस्तो भा'थियो, पछि फेरि उनलाई किन हो किन तपाईँहरु जङलमा बसेको चित्तै नबुझेर आफु खराबै जस्तो देखिएर भएनि तपाईँहरुलाई सहयोग गरे के। नत्र तपाईँलाई कस्ले पत्याउने नि। अहिले हेर्नुस् त, तिनलाई भित्र दरबार भित्र राखेर क्या मस्ती गर्न पाउनुभा'छ तपाईँहरुले। साथी भन्या त त्यस्तो पो त। उहिले तपाईँहरुले जङलाँ बसेर उनलाई मोज गर्न दिनुभयो अहिले उनले आफुँ दरबार भित्र बसेर तपाईँलाई मोज गर्न दिएका छन्।

लौ नत्र भन्नुस् त, उनले त्यो बेलाँ त्यस्तो फोन सोन बन्द गरेर, कर्फ्यु सर्फ्यु लगाएर, ति पुराना पन्चेहरुलाई सत्तामा ल्याएर उधुम नमच्चाको भए अहिले तपाईँको दिन आउथ्यो त? त्यहि त भन्या नि!

तर तपाईँपनि मान्छे त कागको फुल चोर्ने मान्छे हो के। यस्मा चाँहि तपाईँले दिमाग लगाएकै हो। "हाम्रो नेता भनेको गिरिजा बाबु" भनेर फुकिदिइहाल्नु भयो। अब अरुले नाई भनेर भो? सबैभन्दा पाको मान्छे भन्या नै गिरिजा बाबु, अब उहाँलाई नेता बनाएपछि त ति दोस्रो पुस्ता का नेताहरुको त चिलिम फर्किहाल्यो नि, कि कसो? हेर्नुस त बिचरा मा कु ने जी उफ्रेको। उहाँलाई मात्र थाहा छ तपाईँको चाल। अरुले त बुझे कि बुझेनन्। ठ्याक्क गिरिजालाई अहिले को नेताको रुपमा अगाडी राखिदिएपछि त त्यो सात दलका अरु सबै नेताहरु त कता हराए हराए। अनि यता माओबादी बाट आफुँ आएपछि त जम्मा देखिने भन्या नै दुइटा नेताहरु मात्र। एउटा तपाईँ अर्को गिरिजा बाबु। अब गिरिजा बाबु कत्ति बाँच्ने होला र? त्यहि एक दुई बर्ष? अनि त्यस्पछि त सबले देख्ने नेता भनेको त त्यहि जन आन्दोलन २ अनि संविधान् सभा ताका देखिएका नेताहरु मध्यको दोस्रो नेता, यानी कि तपाईँ। भनेपछि ३ बर्षपछि त तपाईँ नै सर्बे सर्वा। वाह!! माने गुरु माने!! अनि बिचरा मा कु ने जी रिसाउदैनन् त? १२ बर्ष भो होला महासचिब चलाको, केहि हुन सक्या छैन। त्यत्रो महल जस्तो पार्टी कार्यालय भन्यो। आफुँ सङै का के पि ओली बिदेश गएका गएकै छन्। आफ्नो केहि भा'होइन। अझ जन आन्दोलन २ मा सबै भन्दा बढी घर भित्र थुनिएका बिचरा। क्या गर्दिने भन्या तपाईँले नि।

अझ अर्को हेर्नुस न कस्तो चतुर के तपाईँ। गाउँमा पुलिस चौकी बनाउन नद्याओ भनेर लाउने अनि लास्टाँ आएर फेरि हात जोडेरै सबैलाई पुलिस चौकी बनाउन द्याओ भनेर भन्दिने। अब जस्ले नि यसो हेर्दा त ओहो प्रचण्ड जीले त गर्नु गर्या हो भन्ने देखि हाल्छन् नि। क्या घुमाइदिने भने नि।

तर एउटा कुरो चाँहि सोध्नु पर्यो पर्भु, त्यो एउटा मधेसी मुक्ती मोर्चा कि के नाम गरेको फ्याक्सन छ रे नि पुर्व तराई तिर। त्यस्को चाँहि के पोलिटिक्स हो? मैले त कुरै बुझिन। अब तपाईँहरु बाट छुट्टिएर गएको हो भने त त्यस्को नैतिक जिम्मा त तपाईँहरुले नै लिनु पर्यो नि। तिनीहरुलाई हतियार त तपाईँले नै दिनुभएको हो। हतियार ब्यवस्थापन गर्दा त तिनीहरुको हतियार नि ब्यवस्थापन गर्नु पर्यो नि। खोइ त केहि भा'जस्तो लाग्दैन त। कि त्यस्मा पनि राजनिती छ? कता कता मलाई त तपाईहरुले केहि आफ्ना सैनिक लाई केहि परिहाल्छ कि भनेर बाहिरै राख्न त्यसो गर्या हो कि जस्तो लाग्न थाल्यो। खोइ के हो के!!

लौ गुरु, अब धेरै के लेख्नु? एकछिन फुर्सद भा'भएर केहि कोर्न मन लाग्या मात्र हो, अन्यथा नलिनुहोला।

तपाईले सोचे अनुसार जाने हो भने ५ बर्षपछि अरु कुनै पार्टीमा नेता नै हुनेछैनन्। सबै हराउँछन्। अब मान्छे को पुच्छर हराएजस्तै के। केहि काम नभाएको ले मान्छे को पुच्छर हराको रे नि।

हस त प्रभु!!

जे सुकै जस्तो सुकै भए नि, १३००० मान्छे मरेपनि तपाईँले राम्रो गाडी चढ्न पाउनुभएकै छ। क्या खतरा घडी थियो नि त्यो एउटा पत्रकारले खिचेको। मैले यहाँ खोज्दा खोज्दा गरेँ पाइहाल्छु कि भनेर, तर अहँ पाएकै होइन।

अनि फिलीम नि हिन्दी पराउनु भाको रे तपाईँले यसो नेपाली फिलीमको नाम लिइद्या भए नि हुने नि। आगो, बलिदान थिए नि फिलीम त। कहाँ रङ दे बसन्ती भन्देर!! गीतहरु त दामी छ नि है!! त्यो "ओइ साला" भन्ने त दामी लाग्छ मलाईपनि।

लु त लु!!

आज लाई यत्तिनै है त!!

फेरि भेटौँला नि।

उहि,

क्यामोफ्लाज्ड (जङली लाहुरेको लुगा के!)

==============================================

पि एस: यो मेरो मनको खुल्दुली मात्र लेख्या हो है साथीहरु, नरिसाई पढिदिनुस्। ह्याप्पी ट्युसडे!! :पि
 
Posted on 01-04-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo nepe pani ke ke garcha garcha (item-item).
nepalean do you remember who used to say item-item in our batch
 
Posted on 01-04-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rate suman ho tyo bhanne? ani yar maile sacchai chineko hina rate lai. basai us ho ki canada?
 
Posted on 01-04-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters