सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।
Chautari (Chow-tar-ee) :(World's first and finest
internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।
उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
नमे ले क्रीकेट मा खोजे छ गोल, अनि भए छ भद्रगोल । उहिले हामी टुंडिखेलमा क्रीक्रेट खेल्दा दर्शकहरु स्लिप मा बसेर हेर्थे अनि नमे ले जस्तै सोध्थे, कति गोल भयो भनेर। प्याड् ब्याट् बोकेर घरबाट् निस्कदा "मर्स्या वल मर्स्या वल" भनेर टोलका बुज्रुक् हरुले जिस्काउंदथें। अहिले क्रीक्रेट हरेक् घरको धर्म् भै सकेको छ।
चौतारीले पचासौँ भागसम्मको यात्रा पार गरेकोमा 'आन्द्रै' देखि बधाइ छ। फलोस, फुलोस, मेरो शुभकामना।
यस विषेश अँकमा सबैले आफ्ना क्रिति राखेको देखेर मलाइ पनि केहि लेख्ने प्रयास गरेको छु।
मध्यरात
कुन्ठित मन बोकेर म सधै हिडिरहन्छु के बिहान के दिन, सबै एकैनास मलाइ गुलाबको सौन्दर्यले तान्दैन गोधुलिको आकाशले सपना देखाउदैन म त अमानविय मानव ममा कुनै भावना छैन, कुनै रोमान्चकता छैन मेरो हासोमा कुनै अर्थ छैन मेरो मनमा कुनै दर्द छैन छ त खोक्रो शरिर मात्र एकोहोरो आफ्नै तालमा दमाहा जस्तै बज्रिरहन्छु तर सहनाइ विनाको दमाहा ताल न सुर चर्चको घन्टि जस्तै कर्कस ढ्याङ्ग्रो हु म त मिठास बिनाको बोलि यस्को कुनै अर्थ छैन यस्को कुनै मर्म छैन यदि हुँदो हो त ……… किन? मलाइ कुनै सँगितले छुदैन मेरा शब्द कुनै कविले लेख्दैन मेरो भावनाको कुनै छाया हुदैन मेरो कार्यको कतै कदर हुदैन हरेक पाइलामा शंका गरिन्छ मेरो हाँसो बनावटि देखिन्छ
:) :) नमस्ते है मेरो हजुर हरुसबैलाई। यो मर्याच्याँसेलै के भा'को ?!! त्यति राउरो कबिताको इन्डिङ गर्ने तरिका हेरन :) ... माथि पढ्दा कस्तो चित्त दुखाउने जस्तो गरिराथ्यो अन्तिममा पढ्दा त हाँसो पो उठ्यो :D:D :D :D ( चुपोलागेर बस्नै सकिन के ) शुभ-रात्री!!
by the way मर्यान्च्यासे jee hajurko kabita sanga milne yeuta geet chha ni ta
'आगो पिएर बाच्ने विवस मेरो कथा छ जलेछु भित्र भित्रै मुटुभरि ब्यथा छ ' :P :D ( khai kasle po gayeko ho naamai birse Narendra pyasi(?)..... tha chaina malai ni )
लौन कत्तिका कोशेलीहरु आइसक्या रहेछन्। चित्रेको प्रेरणाको प्रेरणा र ठुलीको दाजुको सम्झना मात्र पढिसिध्याएँ। चित्रे त good writer भन्ने prove भैसक्या हो तर ठुलीको पहिलो प्रयास पनि बेजोड् छ ठुली। यसरी लेख्दै गर है।
बाँकी झिल्के, रामे, चने, मिस अनि मरन्च्याँसेको रचनाहरु बिस्तारै पढ्नुछ।
"म जान्छु बैनीलाई स्कुलबाट लिन।" राजु मेरो छिमेकी, मभन्दा ९ महिना मात्र जेठो अनि कदमा मभन्दा होचो भएता पनि आफुलाई निकै ठुलो दाई जस्तो सोच्ने। म २ क्लास मा हुँदा उ ३ मा थियो र उस्को स्कुल र मेरो स्कुल नजिकै हुनाले आफ्नो छुट्टि भएपछि मलाइ लिन आउँथ्यो र हामी सङ्गै घर जान्थेम्।
मैले सानोमा देउता बनाएर पुजा गरेर खेल्दा जम्मा गरेर राखेको एक रुपियाँको नजिकैको हलुवाइको पसलबाट पेडा किनेर देउतालाई चडाउँथे अनि राजुले बैनी पेडा मलाई दिए मात्र भगवान् खुशी हुन्छन् भनेर त्यो पेडा खाइदिन्थ्यो, मलाई राम्रो लाग्थ्यो। सानैदेखि उ अलि बदमाश खाल्को थियो। साइकल सिक्न भनेर अन्कलको पकेटबाट पैसा नथापाउने गरी निकाल्थ्यो। अनि मलाई पनि पालो दिन्थ्यो साइकलमा। स्कुलबाट भागेर कहिले सिनेमा त कहिले यताउति बरालिनु उस्को दिनचर्यामा पर्थे। उ कतिपटक क्लास् पनि चढ्न सकेन र म उ भन्दा माथिल्लो क्लासमा पुगेँ। उ टोलमा बिग्रेको भनेर कहलिएता पनि मेरो घरमा उसलाई कसैले नराम्रो गर्थेनन् र मलाई पनि उसँग खेल्न कसैले रोकेनन्, उसको घरमा मलाई पनि सबैले मन पराउँथे।
मसँग भाँडा-कुटि, गुच्चादेखि लिएर पुतलिको बिहे खेल्दा खेल्दै पछि चुङ्गी, साइकल, भलिबल, ब्याडमिन्टन्, टेबल टेनिस् र हुँदा हुँदा क्रीकेट सम्म खेल्दै हामी सँग सँगै हुर्केका थिएम्।
मैले काठमान्डुमा राजुको घरमा फोन लगाएँ। आन्टिले फोन उठाउनु भयो --
फोन राखेर ममिलाई के भो राजुलाई ममि भनेर सोध्दा ओह् कस्तो भुसुक्कै बिर्सेछु तिमीलाई भन्न ... खै असाध्यै रक्सी खान थाल्या थ्यो के भो के भो ... बिहे गरेर छोरा पनि छ १ बर्षको .. ममिले के के अरु नि भन्दै हुनुहुन्थ्यो मैले थाम्नै सकिन र कोठामा गएर टोलाउन थाले।
"राजु त गयो नि।" मनमा आन्टिका शब्दहरु गुन्जी रहे गुन्जी रहे ..
--- बिशेस सुत्रबाट थाया पाए अनुसार हाम्री ठुल्नानिलाइ गाना बजानामा ठुलो सोख छ रे त्यहि भयर मैले ठुलिलाइ अतिनै मन पर्ने गित डेडिकेट गर्न मन लाग्यो, मालति कुमारि (Mariha Carey) ले गायको दुइ ज्यान एउटै प्राण (We belong together) मलाइ पनि अतिनै मन पर्छ यो गित--- how is this THULI?
-----------
यो चाहि हाम्रो दादा Buro को लागि
दुइ दिन भेट नहुदा दुइ दिन भेट नहुदा डाडा काडा रसायो म रुदा तोरि हरियो माया लाउनाले बिच परियो
------- यामे तिमि पनि जेल पर्न जान लाग्या हो कि क्या हो? ल त यार् तिमि सङ भेट नहुने भो क्या स्याड यार्
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.