[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 141645 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 09-01-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मलाई बिरही कविता मनपर्दैन"


अध्याँरो कोठा मात्र लेखिन्छ
छिरेका प्रकास चाँहि देखिन्न
चार भित्ता परिधी बाँधिन्छ
बाहिर निस्कने प्रयास गरिन्न

त्यसैले,
मलाई बिरही कविता मनपर्दैन

बरु,
अलिकति प्रयास गरिदिए
भित्री प्रकास देखिन्छ
अलिकति बिश्वास गरिदिए
सन्सार आफ्नो भेटिन्छ

अनि,
बसी कुनामा एक्लै रुनै पर्दैन
जीवनलाई यसरी धिक्कार्नै पर्दैन
बिरही कविता हामीले लेख्नै पर्दैन

अझैपनि,
२५ बित्यो ५० अरु बिताउनु छ
जत्ति देखियो त्यस्को दोब्बर देख्नुछ
भत्किएका पुलहरु कत्ति होलान् र?
जोड्नलाई केहि ढिलो भा'छैन!
 
Posted on 09-01-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHITRE,

May god's special blessing
touch your heart in every way,
not only on your b'day
but every single day.

many many happy returns of the day .......
HAPPY BIRTHDAY.

:-)

-Tyra
 
Posted on 09-01-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विरहि कविता मन पर्दैन भनेकोले मैले यो आशावादी कविता 'KAVITA KO DESH 'बाट सुटुक्क ल्याएर ह्या टाँस्देको है ------------

आज पनि तिमी आयौ
खै किन ?
सायद म हडबडाए
सम्हालिन खोज्दा
मैले सोध्न बिर्से।

यि बाटोहरुमा
एक्लै हिडिरहेछु
मानिस हरुको भिडमा
म आफूलाई एक्लो पाउछु
हल्लै हल्लाबिच पनि
स्तब्धता मलाई पच्छ्याउछ
र पनि म हिडिरहेछु
मानौ म हिड्न चाहान्छु
फेरि सोच्छु कतै मेरो हिडाइ
निरर्थक त होइन?
अनायासै
मेरो पाइला रोकिन्छ
एक झोक्का चिसो बतास
मलाई छोएर जान्छ
लाग्छ कोहि मेरो छेवैमा
सुमधुर आवाज
कानेखुसी गरे जस्तो
“किन रोकिएको?”
म झस्किन्छु
लक्ष मलाइ प्रेरित गरिरहेछ
अनि म फटाफट हिड्छु।।

दिनभरको घोटाई पछि
थकित मेरा पाइला
सुस्ताउन चाहान्छु म
सजिएको रित्तो कोठा
मलाई चिसो अनुभूति हुन्छ
म सोच्न थाल्छु
के छैन यँहा?
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्तमेरा चाहना हरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
खत्र्याक्क आवाज
फोटो फ्रेम भुइमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!
 
Posted on 09-01-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he!! raamro Shubha diii :D
 
Posted on 09-01-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली चौतारीमा आउन पाइने हो कि हैन, मिसलाइ आजै जन्म्-दिनको शुभ-कामना, मेरो तर्फबाट । तपाईंको आउदो बर्ष तथा हरेक बर्ष सुखमय होस् ।
 
Posted on 09-01-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, सुभे दुबै को कबिता राम्रो छ ।
सानानी आज कता गैचिन । तितौरी तिम्रो के छ हालखबर?
दिप् तपाइको कबिता नि तास्नुस् न।
 
Posted on 09-01-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!
सबै गाम्लेहरूलाई शुभकामनाको लागि धन्यवाद।

शुभ दिदी,

सधैं साथ रहीरहोस्
तपाईंको शुभकामना
अग्रसर हुन सकूँ
हरदम राम्रो बाटोमा

गोतामे ज्यू,
अबको सात वर्षपछि चौंतीस लाग्नेछु, के गर्ने समय उडिरहन्छ, नभन्दै आईहाल्ला नि। :)

जिम्माल बा, ग्वाँचे, दादा, यामे
धन्यवाद।

कुम्ले,
बिहे नगरी उमेर २५ भन्दा माथि जाँदैन रे? ल, त्यसो भए २५ सै भनुम् न। ;)

ठूल्नानी,
कति मीठ्ठो केक, आहाऽऽऽऽ। Thank you. :D

भौते,
धन्यवाद राम्रो कार्टूनको लागि। :)

नेप्चे, तितौरी,
Thank you for your nice poems. :)

यौटा बच्चा हुँदाको कविता सम्झें:-

आज मेरो जन्मदिन
आऊ खेलौं हाँसौं
राम्रा राम्रो फूल टिपी
यौटा माला गाँसौं :)
 
Posted on 09-01-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई चैं धन्यवाद भन्नै बिर्सेको। धन्यवाद है नमे!
 
Posted on 09-01-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मुलाइ यो चित्रेले बिर्सेको । ।।।।।।।
ल त है म त बसां चढे घुइअं फुलुरिडा जान ।
 
Posted on 09-01-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना!!

म अनि मेरो साथी (भिडियो हेर्नुस्) को तर्फबाट!!





Many Many Happy Returns of the Day!!!

:-)
 
Posted on 09-01-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, जन्मदिन हुनेलाई जन्मदिनको, कर्म दिन हुनेलाई कर्मदिनको शुभकामना!
ए ग्वाँचैं! यसो चिठी पठाम् त!, उस्तै परे भेट हुन सक्छ। ५-१० टुक्रा भैंसीको मासु र पिठो चोबलेर खाम्ला गोलभेंडा' अचाराँ।
 
Posted on 09-01-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठेगाना दिन त भुसुक्कै बिर्सिरा'! हुन त साझाको दिया भा' नि हुनी हो। तैपनि,
mailtogaalab@gmail.com
 
Posted on 09-01-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसलाई जन्मदिनको धेरै धेरै शुभकामना!!!!


(आफू मात्तै कति बूढो हुनु भनेर चित्रेलाई पनि तान्न खोज्या बूढा पाटीमा, सकिएन!)
 
Posted on 09-01-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, कुम्ले, गालउ, गोताएँ!

माष्टरनी नानी, हजूरलाई जन्मदिनको धेरै धेरै शुभकामना!:)
 
Posted on 09-01-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्,
यो लुते को तर्फबाट पनि हजूरलाई शुभ जन्मोत्सवको धेरै धेरै शुभकामना, हृदय देखि नै। कृपया स्वीकारी बक्सेला।

उहि लुते
रोल लम्बर -४२० :डी
 
Posted on 09-02-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे फुलोरिडा तिर हुइँकिओ के रे, पर्सि चौतारी चिन्न भ्याउँछ कि भ्याउँदैन कुन्नि।
 
Posted on 09-02-06 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईको जीवनमा सँधैं सफलता, खुशी र उमंग मुस्कुराईरहुन्। :)

 
Posted on 09-02-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पी बर्थ डे टु यु
ह्याप्पी बर्थ डे टु यु
ह्याप्पी बर्थ डे टु माइ मास्टर्नी-भावि ज्यू :p :p :D
ह्याप्पी बर्थ डे टु यु

हजुरको उमेरको त के कुरा गरुम र खै, परउढ कक्छेको हेड-मास्टर्नी पनि हजुरलाई नै बनाउनु पर्ला जस्तो छ। :-)



:-)
-भउते-देवर

((((((((मनमनै: यो बुढेसकालमा नि के को बर्थ डे मनाउन मन लागेको होला कुन्नि। न केक खाने उमेर, न जाँड खाने उमेर। हाम्रो जस्तो उमेर भा'को भे छुट्टै कुरा। :p :p :p )))))))))
 
Posted on 09-02-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते मात्तै धुम्धुम्ती हो कि क्या हो चौतारीमा?
 
Posted on 09-02-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जन्मदिनको दिन झन मिस गायब हुनुहुन्छ त! कि उइकेण्डले गर्दा हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters