[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 218796 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली जी,
तपाइको र मेरो कुरो ठ्याक्राकै मिल्यो। हजुर्, फलाईचा पनि भन्छ्न्, उता तिर। मेरा नि बाबु खाल ले हजुरबा को नाम मा चौतारो बनाइदिनु भको छ तर बर पिपल चैन छैन। निकै भो गाउँ नगको पनि अब त।

अं पुर्बेलि गित को कुरामा आउँदैन नै के गर्ने - यो गोरु खाने भाषाको गित सुनियो अनि काँ बाट आउछ त। एउटा उहिले काका हरु को generation ले गौँउने गित को याद आयो:

दार्जिलिङ ज्यान को सेन्ट जो सेफ कलेज्
छेउ छेउ मा फुल को गेट्
न मरि बाँचे दैब ले साँचे
हुनेछ हाम्रो भेट्
__
अर्को:

इलामै शहर चियाबारि राम्रो
तेहि पर घर हाम्रो
कस्कि हौ छोरी पातली मोरी
लाईजाने आँट हाम्रो
लाईजाने आँट हाम्रो

रमाइलो गरदै गर्नु होला
 
Posted on 01-27-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मुन्द्र जी,
तो गित त मुलाई नि अस्साद्ध मुन पर्च गाँठे।

हे वारि जमुना पारि जमुना
जमुना को फेदैमा मन कामना।।

बरु तपाईंले नै गाइ दिम्त। लन्ठै खलास्।
 
Posted on 01-27-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीजी,
फलैंचा भनेको त घरभित्र छिर्नी भन्दा अगाडि, दैलोको दायाँ अथवा बायाँतिर अलिकति उचालेर भित्तामा अडेस' ला' र बुडापाकाहरु बस्न भनेर एउडा पुरै कुनो ढाक्नी गरी बनाको काठको टेबुल जस्तो भाँडो पो हो त।
 
Posted on 01-27-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरि दाइ, तपाईं हाम्रो गाउ जान लागेको हो, यो बाहिनिको यौट सानो बिन्ति च, के भने नि उता तपाईंले कतै त्यो मोरो हर्के लाई भेत्नु भयो भने नि उस्लाई अफ्नो दादागिरि देखाएर दुइ झापट हान्दिनु है, हेर्नु न म एहा आउँदा, मलाई हावाइजहाँज म पुर्याउन औउदा "शेर्पिनि यो जनम मात्रै होइन, सात जनम सम्म म तिम्रै साथ दिनेछु" भनेर मलाई बिदा गरेको थियो मोराले तर अहिले त पल्लो गाउँको सुन्तलि सँग हातबजार घुम्दैछ रे, घास कात्न जाद नि घन्टौ उसै सान्ग मायापृति क कुरा गरेर बस्छन रे। मलाई मुखिया बा ले खबर गरेको।
 
Posted on 01-27-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मी जी (कि मास्ट्र्नी गुरुमा भनुम्?)

प्वाक्क स्वाक्क जे बोल्न नि पाइयो नी - तेहि भर त चौतारी। नत्र भे लाउरेआ भान्छा घर भन्दा नि भइहालो नी।

रिसानि माफ पाम्। :)
 
Posted on 01-27-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पश्चिमको फलैँचा परो साइँला !

हे हे लाहुरे दाइ ! रिसानी माफ पाउँ किनकी पुरै गित गाइदिम भनेको म सित शब्दहरु पुगेनन् ! अरु कुनैदिन सुनाम्ला नि तो मलया ट ल्याको झुनि वाकर अलिकतो ठाडो घाँटी ला'सी !हुन्न र !:)
 
Posted on 01-27-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तपाईंले भनेको गीत गाउदैछु है:
वारी जमुना-पारी जमुना
जमुनाको फेदैमा मनकामना
एकादशी बजारैमा ला ......... ला.........

खै के के हो कुन्नि।।।।।।।
 
Posted on 01-27-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शेर्पिनी , लाहुरे जी मलाई मास्टर्नी नानि भने हुन्छ यो गाउमा सबै मलाइ त्यहि भन्नुहुन्छ । हजूर हरुनि त्यहि भन्नुस ।अब प्वाक्क बोल्न पाइने भएसी किन रिसाउनु नि होइनत सामुन्द्र जी? हर्केलाइ चै ठिक पार्नैपर्छ है शेर्पिनी,, ( के भनम बैनी भनम कि दिदि भनम कि?)
 
Posted on 01-27-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिआँ मुन्चेको भिड दिनदिनै बड्तै रेच, खुसिओ कुरो हो।
लु लाउरे दाई लाई छड्के सलाम र सपैलाई एकै पटक नमस्ते अरेँ। पूर्वको कुरो हुँदै रेच अब मुलाई नि धनकुटा बाट हिले हुँदै पाख्रिबास जाँदा सुन्या गित गाउन मुन लागो, :)

ए हो कि हैन लालुमै
सोल्टिमा ढाका टोपी
ए छड्के पार्यो शिरैमा -२

ए धनकुटा हिले, दिल चित्त मिले
सुसाउने सल्लेरी
ए कोहि भन्छन हजूर, ए झिल्के र मिल्के
गाउँघरका तन्नेरी
ए हो कि हैन (घिन्ताङ घिन्ताङ)
ए हो कि हैन लालुमै
सोल्टिमा ढाका टोपी
ए छड्के पार्यो शिरैमा -२

लाँकुरी भन्ज्याङ, ए चिराइँतो घारी
मुख मेरो लयालु
ए भाग्यमा मेरो , ए लेखेकै रैछ
फकाउने मायालु
ए हो कि हैन लालुमै
सोल्टिमा ढाका टोपी
ए छड्के पार्यो शिरैमा -२

 
Posted on 01-27-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ जिम्मालबा ! पाख्रिबासाँ तो फाराम तिर काम अर्तेउ कि क्यओ हँ ? हिलेओ तुम्बा बिर्स्यौ कि सम्जिन्चौ ?
 
Posted on 01-27-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, चौतारीमा आखा झिमक्कायो भने धागो त कता हो कता । अब के रे अर्को चौतारि बनाउनि बेला नि भैसके च । ळ कसै कसै को नया स्टाइ छ भने झटारो हानम के रे बिजुलाबाट । नत्र त मेलापाता ले अर्दा फेरि नि पान्डबदाइकै स्टाइल होला जस्तो छ । मेलो छोप्दै छु के , चौतारिमा टुक्रुक्क बस्न मात्र आको ।
 
Posted on 01-27-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चैं यौटा सिलोक हालिहालम् कि क्या हो, याद आयो।

ॐ कारं विन्दु संयुक्तं, नित्यं ध्यायन्ति योगिन:
कामदं मोक्षदं चैव, ॐ कारय नमो नम:

लौ, सबैलाई नमस्ते है, म गएँ फेरी चंगा उडाउन।
 
Posted on 01-27-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा केटीहरु आएर भिड भएको भए ल म त हिडे है भदहाहरु, यो फुफु लाई विदा देउ.
 
Posted on 01-27-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँटि बिर्सनु मुन्द्रे त्यो हिलेओ तुम्बा अइले सम्झिँदानि जाम जाम लाउच। पाख्रिबास फारमा घाम लाया बेलाँ पुग्या छौ?? साह्रै रमाइलो हुँदो रेच नि। लु मुलाई त झनझन याद आओ माथी चित्रे डाँडा देखि लिएर बसन्तपूर सम्म सम्झे मैले त। अनि पाख्रिबास बाट नयाँ खनेको बाटो बाट तल लेगुवा झरेर अरुण हेरेको पो याद आयो!!
:)
 
Posted on 01-27-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर न डल्ली ले घुर्की सुनाकी ! "अब जान परो छोरोलाइ ढिँडो जाउलो जे भा'नी ख्वाउन परो तेइ भ'र म घरतिर हिन" भनन ! आम्दैअरे डल्ली, मया नमारे के रे !

जिम्मालबा ! मु पश्चिमको भ'नि तो एरियाको त सारै याद आम्च गाँठे । तो भेडाबारी त कइल्यै बिर्सिन्न ! :)
 
Posted on 01-27-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मिस ! किन औठ्यारो मान्न परो र ? मना ला'को कुरो राख्न हुन्न क्या ! बोल्दियाले पसी जे हुन्च हुन्च ! कस्को के डर चौतारीयाँ आफ्नै मुन्छे त आउनीहुन पराइ को छ र ? :)
 
Posted on 01-27-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे पछ्छिम कहाँ का हौ? स्याउँजा - पाल्पा तिरको मानिचु मुइँले त हो?
 
Posted on 01-27-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याउँजा पनि हैन, पाल्पा पनि होइन ! हेहेहे ! जिम्मालबा धोखा खागये ! :) मु पुरानो स्याऊँजा, नयेँ कास्की, चरन धेरै काठमाण्डु, मरन काँ हुनी था छैन !

एऽऽऽ
हजुरको निरमाया
हितकारी आ'को
पुगिहालोस...
पुगिहालोस
निरमाया
यै मन ले चिताको
गाइको चरन ...

गाइको चरन
निरमाया
कुनदेशको जन्म हो
काँ हो मरन !

:)
 
Posted on 01-27-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि पूर्व, पश्चिम को कुरो लेर रैदलो मच्चाम्न लागे कि के हो गाम्ले हुरले? रमाइलो अर्दै गरम है सँगीहरु ।
चौपारी होस कि चौतारी, गरम रमाइलो दौतरी

म चइनी तो भाटा माथी उक्लेर त्याँट भिरालो बातो हुतुतुतु अर्दै चिप्लेटि (ski) खेल्नि भनेर साथेहुरले क्याउँपिङ जान भनेका छन केरे kananaskis भन्नी कहेरा तिर । आज देखुन अब शनिबार र आइतबार जो भओ केरे - हल नचल्नी बार परे केरे ।

मेसो परे तेतै तिराट नि माया लाम्दै अरम्ला केरे । कसै नमिले सोमबार देखुन फेरि हाजिर लाम्नी जो छु केरे ।

लौ मस्ती अर्दै अरओ है त ।


Keep rolling...
 
Posted on 01-27-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि सिरे काजी ! राम्रो सँ गए के रे ! तिम्रो आजओ दिन तेति गतिलो भ'न झैँ मानिचु, क्यार्नी ग्रह दशाले काँ काँ पुराम्च थाहै नहुनि त नि !

छिटो फर्केर आए । चौतारीयाँ सपै किस्सा सुनाम्न पर्च नि उता'ड आ'सी है ! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters