[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 358706 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-11-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ जो छ किस करनेको आइकन किधर छ?
 
Posted on 07-11-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किस करनेको आइकन किधर छ khit khit khit
 
Posted on 07-11-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि बल्ल ट्याम पाएछु लेख्ने लाई, सला काम वाम ले ऐसन पेलिराखेछ कि कैले सोच्छु कि सला लाइफ मे सिर्फ काम मात्रै छ, नाम दाम सबै मदनवाले कमाएछ। एगो लरकि भेटे छैन उस्ले, त जब उ लरकि भेट्छ फिर कोहि माइकालाल आउदैन उस्के साम्ने! पुरा चौतारी अकेले चलाइदिन्छ।


ऐसन बडिया कविता लिख्छ पर कोहि लरकि आउदैन
अरे उपरवाले के हम्रे मदनवाले कहिले लरकि पाउँदैन?

हमि के भन्ने मदनवा, बेस्ट विशेस लैजाउ!
 
Posted on 07-11-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-11-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma ghar tira lage. see ya soon guyssssssssssssssss

kumle dadu darsan
 
Posted on 07-11-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा खेँ खेँ खेँ

मुनिया

बड्कि बहन राम राम

गावँवालोँ जे राम जि कि
 
Posted on 07-11-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कति राम्रो, रातो इट्टाको बस्तिहरु माथि प्लेनको झ्यालबाट नियाल्दा यामे दङ्ग पर्दै थियो । प्लेन ल्याण्डिङ गर्नु अगाडि नै झ्यालबाट हामफालेर पुगुँ जस्तो ।

प्लेन ल्याण्ड भयो, निस्कन हतार भयो, हत्तपत्त उठेर ह्याण्डब्याग सम्हालेपछि ढोकातिर आँखा दौडायो, अझै ढोका खुलेको रहेनछ । तर ढोकाको छेउमा हूल बाँधेका नेपालीलाइ देखेपछि अलि दिक्क लाग्यो, नेपालीले लाइनमा बस्न किन जान्दैन ? हुलमुल किन गर्नु पर्ने ?

एकैछिनमा एअरपोर्ट छिचोलेर निस्कन्छ, यामेको सुटकेश तान्नेहरु तँछाडमछाड गर्छन । भो भो पर्दैन भन्दै भिनाजुले ल्याएको गाडिमा चढेर दङ्ग पर्दै घरतिर लाग्छन । झ्यालको सिसा खोलेर हावा खान खोज्नासाथ धुलो र धुँवाको मुस्लोले आक्रमण गरिहाल्यो, यामेले नाक खुम्च्यायो । नाक भित्रै खुजुलि भए पनि हाच्छ्यु आएन । बाटोमा हेर्यो, ओहोओहो कस्तरी बाटो काटेको मान्छेले ? रातो बत्ति हरियो बत्ति छु मतलब । यसो पर आँखा डुलायो, ड्रममा पाकिरहेको म:म: बाहिरै उभेर कसरी खान सकेका होलान जस्तो लाग्यो ।

केहि दिनमै सबै ठीकठाक लाग्छ यामेलाइ । आज त आफै पनि ड्रमको म:म: चाखेर दंङ्ग परेर फर्केको छ । मोटरसाइकललाइ गल्ली गल्लीमा मान्छे छल्दै कुदाउन मज्जा आउन थाल्यो । मनकामना र दक्षिणकाली गएर प्राकृतिक रसस्वादन पनि गरिहाल्यो । बाटोमा देखा परेका एक दुइ ठिटिलाइ जिस्काउने सुर थियो, तर किन किन जिस्काउने जाँगर नै चलेन ।

फर्किने दिन नजिक आउँदा फर्किन मन लागेन । तर नफर्कि सुख पनि थिएन । त्यत्तिकैमा झल्याँस्स चौतारी याद आयो । लौ चौतारीमा केहि लग्देन भने त मार्छन सबले । त्यसैले हतारमा तितौरा पसल तिर पुग्यो ।

चौतारीमा आएर तितौरा सबैको अगाडि राख्दियो । ठुलीले आफ्नो लामो हातको फाइदा उठाउदै तितौरा झ्याप पारी हालि । फेरि अरुले बात लगाउला भनेर सान्नानी र तितौरीको भाग पनि छुट्याइ । अनि अरु केटाहरु हाम्लाइ खै त कोसेलि भन्दै हल्ला गर्न थाले । राति बसेर एक्लै खाम्ला भनेर लुका'र ल्याएको जोनिलेबर अगाडि नराख्देसम्म आरामले बस्नै देनन ।

जोनि लेबर मा तितौरा चोपेर खान पाएसिन दङ्ग पर्दै नाच्न थाले ।

। लु हेरम फुटा

 
Posted on 07-11-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिमसिमे प्यानीमा
ज्यानले बेमान गर्ला कि
जिन्दग्यानीमा

ठीमी मेरो आँखाको ठारा
ठीमीबिना कोइछैन साहारा

सिमसिमे प्यानीमा
ज्यानले बेमान गर्ला कि
जिन्दग्यानीमा


मोइले नेफाली गीत पोनि सिक्यो, आबो लाउरा बुडिलाइ पोनि सिखाइदिन्छु।
 
Posted on 07-11-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चना दाई! लोल

मलाई तपाईको लेख पढेपछि एउटा अनुभव भन्न मनलाग्यो:

म नेपाल पुगेको भोलीपल्ट ट्याक्सीमा महाराजगन्जबाट बानेश्वर फर्किदै थिएँ। शिवरात्री परेको हुनाले गौशालाबाट आउन सकिएन, ड्राइभरले गल्ली गल्ली घुमाएर मलाई मैतिदेवीको पुल सम्म ल्याइपुर्‍यायो। मैतिदेवीमा ट्राफिक जाममा परिहालियो। ड्राइभरपनि निकै रसिलो थियो निकै बेर सम्म सङ्गै भएकोले गफसफ पनि गरियो। उस्ले स्पीड कुदाउने बित्तिकै मेरो दहिने खुट्टा भर्चुवल ब्रेकमा पुगिहाल्ने।

जे होस हामी त्यो ट्राफिक जाममा पुगियो।

अनि त्यहाँको तरिका त्यहि हो नि, मोटरसाइकलहरु कुना कुना चेप चेपबाट छिर्ने। त्यस्तै एउटा मोटरबाइक आइपुग्यो मेरो छेउमा। त्यस्मा चाँहि कुदाउने एउटा केटा रहेछ अनि पछि बस्ने चाँहि केटी। केटीले मलाई हेरी, अनि मैले उसलाई हेरेर हाँसे अनि यतै को तरिकाले इशाराबाट "हेल्लो" भने। त्यो केटी त मलाई आँखा तरेर उता तिर फर्की। मेरो ड्राइभर चाँहि मलाई हेरिरहेको रैछ। त्यो केटीको एक्स्प्रेसन देखेर उ मरि मरि हाँस्दै, "के हो दाई, अर्काको बुढीलाई नि साइट हान्ने, त्यो पनि बुढा भएकै बेला?" भनि रा के!

गार्हो हुने रहेछ, ठाउँ ठाउँको चलनले। :-)
 
Posted on 07-11-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुम्ले को अति सोझो ताल नि देखियो,
अर्काकी बुढीलाई साइड हान्ने चाल नि देखियो।
 
Posted on 07-11-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुपके चुपके रात दिन आशु बहाना याद है
हम को अब तक आशिकीका वो जमाना याद है
 
Posted on 07-11-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, भर्चुअल ब्रेकमा खुट्टा जाने र जिउ सिरिङ्ग हुने सम्झे मैले पनि ।
 
Posted on 07-11-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि कुमलवा एक दिन बैङ्क गएछ। डलर साट्न लाइनमा बसेछ। तर लाइनको बिच बिचमा मान्छे छिर्दै जाँदा कुमलवाको कहिले पानि पालो आएनछ। लाइन मिचेर ढडाढड् अगाडि बढेपछि बल्ल पालो आएछ।

डलर साटेर रुपियाँले ब्याग भरेछ। अनि बाहिर निस्कने बेलामा ढोका खोलेछ। पछि पछि एक जना अत्यन्तै सुन्दर केटि पनि बाहिर आउन लागेकि रहिछ। कुमलवा बाहिर निस्केर ढोका समातेर बसिदिएछ। केटि अचम्म मान्दै खुल्ला ढोकाबाट बाहिर आइछ। केटिको पछि पछि आउने भुसतिघ्रेले भने कुमलवालाई आँखा तरेछ।
 
Posted on 07-11-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस पछि के भयो मदनवा? अचम्म, मदनवाले देहाती बिर्से छ, कहिं लरकि त मिलि गए छ।
चना ब्रो ले अर्को गाम् मा हल्लाको बजार गर्माइ दिएछ। धन्यबाद्। देशको हाल, सधै बेहाल। तारेमाम्।
 
Posted on 07-11-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि नेपालि सिखेछु राहुल भैया!
पर उ त सला लिखेको लैङ्गवेजवा हो बात कर्ने टेममे हम्रो ठिक हुन्देन पर लिखने टेम मे बढियाँ लिख्छ हमि।
सला काठमान्डु जो छ सब सिखाइदिन्छ।
काठमान्डु बसेछु हमि पुरे दु साल
 
Posted on 07-11-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा, कैसन है? सब बढिया छे?
सला हमि पनि इलाहाबाद मे दु साल् नहि पुरे चार् साल् बिताएछ, थोदी हमि लाई हिन्दी आएछ। यो जो लिख्दै छ, सब मदनवा को संगत को फल् छ। कल हमि भि डाकटर्वा बन्न देर नहि छ।
 
Posted on 07-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले हल्ला सु्न्नु भो त ?

सल्लाह नहुने देशमा धेरै हल्ला भएछ ।
हल्लाकै कुरोमा रमाइलो जुहारी चलेछ ।

कमेण्टको जुहारी रमाइलो लागेर साझामा पनि तानेर ल्याएको के रे । तर साझामा देश हाल बेहाल देखेर फ्रस्टु हुनेहरु धेरै भ'र हो कि हल्लाले बजार नपाए जसो लायो के रे ।


 
Posted on 07-11-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन चना ब्रो, सझा र बाहिरी संसारको स्वाद फरक् फरक् छ। चौतारिमा होइन नि ब्रो फेरि। साझामा हल्ला खेतीगर्नेहरुकै सन्तन्तिहरुको तांति धेरै छन्।

लरकि को हल्ला त साझाका हिजो को का चल्लाले नि गर्दा छन्। देशको माटो न सुंघेको दशक भै सक्दा नि देशको माटोमा दुर्गन्ध मात्र ( सातसमुन्द्र पारि बसेर)सुघ्ने घ्राणी हरु छरप्रष्ट छन्। अनि देशमा यो भएन त्यो भएन भन्ने र सत्तो सराप्ने देशभक्तहरुको कमि छैनन् परदेशमा र देशको यो हाल् भो।

माफ गर्नु होला, गाम्लेहरु । पूण्टेदा ले चुनाव जिते सि मलाई नि उठुम् उठुम् लाग्यो र भाषणको तयारि गरेको, एक्लाई कराएछु, देश् खोज्दै जांदा अफै हराएछु। तारेमाम्।
 
Posted on 07-11-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएकी मेरि आमा खोज्दै खोज्दै आएँ
आमा खोज्दै आएको त नेपाल नै पाएँ

बुधबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 07-11-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रायोको साग पकाउने साधारण तरिका-

भनिन्छ रायोको सागमा केहि हाल्नु पर्दैन त्यसै स्वादिस्ट हुन्छ। अझ लसुन बास्ना आउने रायोको सागको कल्पना गर्नुस त नमिठो होला जस्तो लाग्छ। तर हैन। कसरि? तल हेर्नुहोस!:)

सामाग्रि-

१) कलिलो रायोको साग - २ मुठा
२) लसुन - २ वटा सानो पोटि
३) रातो खुर्सानिको धुलो - अलिकता
४) नून - स्वाद अनुसार

बिधि-
१) रायोको सागलाई धारामा मजाले धुनुहोस।
२) मसिनो पारेर काट्नुहोस।
३) एकातिर राख्नुहोस।
४)हात धुनुहोस, पसिना पुछ्नुहोस र फेरि हात धुनुहोस।
५) लसुनको पोटिलाई सकेसम्म सानो सानो बनाएर काट्नुहोस।
६)एउटा बाक्लो तथा गहिरो भाँडो तताउनुहोस।
७)अलिकता तोरिको तेल हाल्नुहोस।
८) एकछिन मुसुक्क हाँस्नुहोस।
९)तेल तातेपछि लसुनका साना साना मसिना टुक्राहरु हाल्नुहोस।
१०) मिठो बासना सहित लसुन रातो भएपछि खुर्सानिको धुलो फ्वाक्क हाल्नुहोस।
११) खुर्सानिको धुलो हाल्नासाथ रायोको साग हालिहाल्नोस नत्र खुर्सानिको खार आउँछ र हाच्छिउँ आउँछ।
१२) स्वाद अनुसार नून हाल्नुहोस।
१३) पानी नसुकुन्जेल मजाले चलाई चलाई पकाउनुहोस
१४) मजाले पकाएकोमा आफैँ मख्क पर्नुहोस र खानुहोस।



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters