[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 196456 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-05-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भने नि, मेरो त्यो नयाँ नेपाली मुखुन्डो छ नि, युनिकोड(यु टि एफ ८) मा बाहेक पश्चिमी झ्यालाँ त चल्दै चल्दैन भन्या, भित्रै छिर्न मिल्दैन। पहिले पहिले त म याद गरेरै पश्चिमी झ्यालमा बसेर नेपाली लेख्थें, तर त्यो मुखुन्डो लाउँदा चैं बाध्य भएर नि ऐना मात्र हेर्नु पर्ने भो, नत्र त मुखुन्डो लाउनै नमिल्ने क्या। त्यसैले मैले पुच्छराँ चैं अउरेजी भाषाँ ऐना हेर्ने तरीका नि लेख्दिन्छु नि खुसुक्क।
 
Posted on 01-05-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, सिरे, दादाहरूले चैं मलाई के के सुझावहरू नि दिनुभा' रैछ। आफ्नो त न मैनाको लागि सारी चोलो किन्ने फुर्सद भैरा'छ न कविता लेख्ने नै। गोताएँ जी चैं जासुस भएर हाम्रो फोटो खिचेर टाँस्न नि भ्याउनु भएछ। अनि दादा र काकाले रमैला रमैला कथा नि हाल्नु भएछ, मज्जा आयो पढ्दा। लाले र बिर्खे दाइ नि धेरै दिन पछि झुल्किनु भो। मुन्द्रे जी चैं अचेल चौतारीमा एक्लै निदाउनुहुँदो रैछ, अउरेजीमा लेख्या नाराहरू बोकेर।

ल अरू पछि लेखम्ला, फुर्सद नभा' बेलाँ कति चौताराँ झुण्डिनु !

if you cannot read the above post, please go to view> encoding> more> unicode (UTF 8)
 
Posted on 01-05-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, खाली कति बराउनी अर्दै मत्रै हिड्नी हो र ? भउतेके बसाउनी तेल लाएर जुल्पी लर्काम्दै कता हो जाँदै थिये है । यो मुन्द्रेको घसेटालाई भने केही त अर्नै पर्नी हो केरे काका, अब तपैँ जो हुनुहुन्च केरे, केही बुद्धि लाम्नुस न त ।

लाले पुनि हिजाऽज किन हो घुसघुसिएको रैच कि क्या हो, उति आईराको देख्दिन है । बेसिथाने पुनि कता लुको कता लुको आचेल त ।

नमेले त कता हो "सानेको दोकान अगिल्तिर ठेलो (छेलो) फालेर आको सिरे, म त माल (जिताहार) भएँ केरे, मलाई अबीर लाईदेउ" भन्दै आको थियो, पछि दादाले फेरि "हैन बारऽरे, कहि जातै ठेलो फाल्नी मेला लागेकै छैन, तेसले तेही बारिको माथिल्लो पाटा'ट तल्लो पाटामा ढुङ्गो गुल्टाओ होला, ढुङ्गो पुनि हैन कि, माटाको डल्लो गुल्टाओ होला, के के नै ठेलो फालेँ भन्च । बरु मेरो घर बनाम्नी सल्लाहा अरम न" भनेर सुनाम्दै थिए फेरि ।


Keep rolling...
 
Posted on 01-05-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे:
उँधो जानी नानीको कन्नापरि पोको
तेती पोको नदिए त लाइदिम्ला नि बोको!
suso sasi sasiso sannasasi soso
sesi soso sasiye sa saisimsani soso...(whistling)...



"क्यार्नु भको हो पुन्टे दाजी बिहान बिहानै?" भनेको त चौताराँ बसेर डालो बनेका बुडाले त. मैना उँधो लासी तो गीत फुरेछ.


Shree,
>बरु मेरो घर बनाम्नी सल्लाहा अरम न.

किन कोट्याम्नु भको हो मैले ट्वाक्क सुन्दिन केरे . खल्तिमा केइ छ कि भुनेर होला, सुर्ति मत्रै छ.
......................................................................................................
if you cannot read the above post, please go to view> encoding> more> unicode (UTF 8)
 
Posted on 01-05-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले त कता हो "सानेको दोकान अगिल्तिर ठेलो (छेलो) फालेर आको सिरे, म त माल (जिताहार) भएँ केरे, मलाई अबीर लाईदेउ" भन्दै आको थियो, पछि दादाले फेरि "हैन बारऽरे, कहि जातै ठेलो फाल्नी मेला लागेकै छैन, तेसले तेही बारिको माथिल्लो पाटा'ट तल्लो पाटामा ढुङ्गो गुल्टाओ होला, ढुङ्गो पुनि हैन कि, माटाको डल्लो गुल्टाओ होला, के के नै ठेलो फालेँ भन्च ।
----------------------------------------------------------------------------------------
Tyo ta ho ke re ni. Dhunga ko thelo bhanera phaleko ta mata ko dallo po parecha, ye rattai. Ke re nepali bhasa pani aungrezi akschyar ma lekhnu parya chha tyo nepali jhyal kuiyera, aba chai kaida ko aurakh ko jhyal halnu parla.
 
Posted on 01-05-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
तो एक पाल्टा टक्टकाईसकेको खोल्ती चाट्न पाईएला कि भनेर त हैन केरे, यो चौतारीमा नया मसला हालेर फेरि जम्काम् भनेर हो के ;)

Keep rolling...
 
Posted on 01-05-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए बाबा ठाकुरे! यो स्यानु यहाँ सुतेर बसेको? वहाँ बेँसियाँ खच्चरले गहुँ खाए!" भनिराचन्.
"कानाँ कन्सुत्ला पस्लान् धेरै नसुत्!"
 
Posted on 01-06-06 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,
मेरो इमेलको उत्तर देऊ त!
रातभरि नसुती नसुती काम गरियो, एउटा प्रतिक्रिया त दिनुपर्छ गाँठे।
 
Posted on 01-06-06 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी तोऽऽऽ नी दादा, यी सिरे काजीका लहै लहैमा ला'र एउ चिलिम यसो तानेको मलै त उँवैनी उँधैनी होलास्तो भो । ओठ तालु सपै सुकेर आए, भन्भन्ती रिँगाओ अनि म त चिसा ढुङ्गाँ निदाचु । कस्ता मया दया क्यै नभ'का मुन्छे हुन कु्न्नि, जानी बेलाँ बोलाम्न पर्च नी, अरुनी के के खाएहुनन् अनित्याँसी एउसुरे भ'र लठ्ठेर जानिबेलाँ मलै नबोलाइ एक्लै हिडेचन् ।

यी काकाले नी कुरो मत्रै धेरै अर्नी क्या ! "दरित्रिलाइ दिन्चु नभन्नु, विधुवाइलै लान्चु नभन्नु " भन्चन ! अब त्यो सुनाखरी मुन परिचे भनेसी मना' ला'र कुरो अर्दे पो हुन्च ! रिस उठिच मलै त ।कुन दिन राती तिनका काउली ला'का पाटाँ पसेर सपै उखेलेर डोकाँ हाल्चु र उजेलो हुँदा वालिङ पु-याम्चु म त !पख न तिम्लै ! जति सोजो भ'नी यीनको मन खानी रइन्चकरे !
 
Posted on 01-06-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! जिम्माल बा!
 
Posted on 01-06-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार दादा!
शुभ प्रभात!
:)
 
Posted on 01-06-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा लेख न यार नत्र म सुत्न जान्छु।
 
Posted on 01-06-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दादा क्याउँपसाँ छु बेला बेलाँ साझामा चिहाउँदै काम गर्दै।
:)
 
Posted on 01-06-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कता लाएचन दम्तरीहरु.....
 
Posted on 01-06-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता गएछन् कुन्नि।

यो नेपालीलाई के दशा ला'को हो के भन्या, जता गए पनि मर्नै पर्नि? हैन, अरु देशका मुन्छे
पनि मर्याछन् कि नेपाली दाजुभाईहरुलाई मात्र साढे चौधको शनि दशा लागि राख्या हो? नेपाल
बसे पनि मर्नै पर्नी, फुत्त सुनौली काटेर इन्डिया छिरे पनि मर्न पर्नि, ईराकतिरको त के कुरा
गर्नु ढुँगा-माटो नि मरेको ठाम नै भैगो, भुर्र उडेर अम्रिका छिरेकाको झन बेहाल ! हरे प्रभु। :(

लौ, म त यै चौतारीमा १ मिनेट मौनधारण गरेर हिडेँ है।

अब १-२ हप्ता त भुईँ मै सुत्छु यार म। खाटबाट फु्त्त खसेर नि मर्न के बेर !!

जय माता जी !

:(
-भउते
 
Posted on 01-06-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई, भ्याउता त माटामुनि चईनी जमिनमुनि जान्चन अरे ठन्डी लाएसि भन्नी सुनेको हो, भउत लाई नि
क्यार्न तेसै अर्न
परेको होला नि ;)

केटाहुर हिजाऽज कता मोरेचन् कुन्नि ? हैन येसो केही भओ कि भनेर यहाँसम्मन आओ, साईँदुवा हुर जम्मै लुक्न थाले है ।

लौ न काका, चईनी तरुनिको कुरा गरेसि दुम्सी धुँवारे जस्तै हुन्च, ओडार'ट फुत्त निस्कन्छन के सई- दमाली हुर ।

निकाल्न परो केटाहरुलाई के, येसो केही बुद्धि घुमाम्नुस त ।

Keep rolling...
 
Posted on 01-06-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए के भअ? बेदिजा खरेलहरु पछि फेरि कल्लाई के भअ? धर्मे स्यानाबा पनि गजधुम्म परेर बसिचन् लुउदी खोलाआ तिराँ, गाइडियाँसित नि नबोली बसिचन्? मैले, ए के भअ? भन्दा नि बोलेनन् नि केटाओ।
 
Posted on 01-07-06 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरी हो,
फेरी टेउसास तिर दुइटा साथिहरु मास छर्न गए रे। होस गरि चलाम् है सवारी। यो नयँ साल त फाप्ला जस्तो लागेन है। मुखैमा आएर ७ जनाको नराम्रो खबर सुनिसकियो।
 
Posted on 01-07-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेले खोजेको कथा यहाँ छ, मेरो घर बनेको कथा।
- http://www.nepaljapan.com/Bichar-Bisleshan/MAY2004/24th-Ashis.htm
 
Posted on 01-07-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरिका दौँतरीरु सपै कोइ कथा हाल्न सिपालू, कोइ गीद गाम्नी, कोइ मीठा मीठा कविता सुनाम्नी ओहो
धन्य भगवान ! सपैलाइ यौटा कला दिएकै रचौ !

दादा ! कथा यो पनि राम्रो रे'छ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters