[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 218703 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-24-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नैमरी बाँचे नि कान्छी कालैले साँचे
मै माया लाउँला जनमभर सुन मेरी निर्मया
... ... ...
 
Posted on 01-24-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा ले थपिहाले फुलबुट्टेआ गित । आज मेलो अलि ढिलो भो के।
साल घारि रसायो
साल घारि रसायो
दादाको रुमाल सन्जु बसायो
साझैको चौपारि
गित गाम्दै आउन हो दौतारि
सम्नचु सपलाइ झलझलि
 
Posted on 01-24-06 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाच्देऊ मैच्याङ् तिमी डम्फूको तालैमा-२
माया गर्चु भन्छेउ भने बिहे गर्छु आउने सालैमा ।:)

 
Posted on 01-24-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल खुशी लाग्यो। यो पो चौतारी!

चौतारीमा बसेर रुन पाऊँ
मनको पिर आँसुले धुन पाऊँ......
 
Posted on 01-24-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! कस्तो मनै शान्त भयो अहिले चाइँ :)


के को साँचो डल्लि रेशम फलाम को साँचो
झुटो हैन डल्लि रेशम यो कुरा साँचो
तिमीहरु जस्तो नक्कलि मैयाँ हाम्लाई के को खाँचो
खाच्चो
तिमीहरु जस्तो नक्कलि मैयाँ हाम्लाई के को खाँचो


एउटा लाउरे गित को एक लइन है त -

पिके जब शुक्र का सजदा किया
मैखाSSSने मे
बेतलब आगई महेफिल मेरि पैमाने मे

एक धडकता हुवा दिल
एक छलकता हुवा जाम
यहि ले आते हैँ मैनोउसको(?) मैखाने मे
पिके जब शुक्र का सजदा किया


केई बुझ्तिन तै पनि यसो टाँसेको नि
:)
 
Posted on 01-24-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जिम्मालले बूढेशकालमा पल्लो गामकी डल्लीमाथि आँखा गाडेजस्तो छ नी! डल्लीका श्रीमानले देलान् है एक शट!
ए बूढा!!!!! बैंशाँ गोटा सयवटी जतिको तिघ्रा चिमोट्नी, के के जाती निमोठ्नी गरेर चित्त बुझेन तिम्लाई!!!!अहिले नातीनीको उमेरकी लाई के के सोच्छौ? अस्तिनकी बिराली मैयाँलाई पनि के के भनेर तर्सा'चन्, आम्नै छाडी। अब त अति भयो है, म जिम्माल्नीलाई कुरा लाईदिन्छु। लास्ट वानिङ है मेरो!
 
Posted on 01-24-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब क्यार्नु गोताएँ, चाइन्जो एउदिन हैन दुइ दिन हैन जइले नि यसो अरु गाम तिर गो जइले नि येइ गित गाम्न मन लाउने। आज त गाइदेँ मुइले जे पर्ला पर्ला भुनेर।
अब गितै गा कुराँ मात्तै क्यार्न जिम्माल्नीलाई भन्चौ बरु यसो 'तुच्च तुच्च' पारुम यसो नाचौँ।
हेहेहेह यसो फकाम्न खोज्या नि फेरि लुसुक्का हाम्रि माइलिओ कानाँ कुरो पुगो भने त खतम च नि
:)
 
Posted on 01-24-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक पटक फेरि उही पुरानो मुक्तक जिम्मालबा का नाममा गोताएँको सवाल लाइ जवाफ:

जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ ।

हेरम न जिम्मालबा कस्ता कस्ता निउ बनार भेट्न जान्चन् !

 
Posted on 01-24-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरो अरेउ,
"कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ ।"


हन यो मुन्द्रेलाई आज सुत्न नपर्नि, चाइन्जो यता सुत्ने बेला भैसको। कि तरेउ हँ आन्ध्रे खोलो??
 
Posted on 01-24-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर्यो छैन जिम्मालबा ! क्यार्नी पुरान लेख्नि काम थो, त्यै अर्दाअर्दै आज छर्लङै ब्यानओ ६ बज्न ला'च । अब एउछिन पछि जो सुत्न पर्ला !
 
Posted on 01-24-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, पुरान फलाक्ने मिति आम्न लाओ अस्तो च।
लु लु मजाले कथा हाल्नु, चित्र सित्र राम्रो राम्रो राखेर चाइन्जो पुरानको पुस्तख बनाम्नु अनि त्याँसि बल्ल भाग्गे लेख्या 'चिना' पाइन्छ।

चित्रे -

चोलि दिउँला मखमली
सारि दिउँला फाइबर
मै हुँ मैन रेल को डाइबर

 
Posted on 01-25-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जलकुण्डमा पनि यो जलन
बुढेसकालमा कस्तो यो चलन?
उनको कुण्डमा कलस् घोप्ट्याए !
दुई निबुवा निचोरी अमिलो पिए !
ल भन त दम्तरी हो
हाम्रा जिम्मालले के बिराए?

(I wonder Jimmal is the old Punditji. लु पक्कै हो,हे हे हे! बुढासित खिसा धेरै छन्, भै हो.)
 
Posted on 01-25-06 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छन् यी दादा?! जिम्मालले पहिला पण्डित्याईँ पनि गर्थे रे? यस्ता बिहान ऊठ्नासाथ गाँजाको चिलिम, साँझ पर्नासाथ सूरा, रात पर्नासाथ चुरा (केटी क्या केटी!) चाहिने मुन्छेले पनि कसरी पण्डित्याईँ गरे होलान्, पत्याउनै गाह्रो भो। खै यो कलियुगमा जति 'डाउन' हुन सक्यो उति ठूलो बाहुन हुने रच कि?
***********************************************************************
भउतेले सञ्जुकी बहिनीसंग कुरो चलाउन परो भनेर भनेका हुन् र दादा? यो कुरो पँधेर्नीहरुबाट याम्की हुंदै मकहाँ आइपुग्या हो है। अनि दादाले पनि, "आफूले त सञ्जुलाई भित्र्याउने सूर बल्ल ल्याम्दै छु, तिम्रो ब्या' को कुरो गर्न मलाई लागीरच! त्याँ माथि तिम्रो चाला के हो यस्तो? तिम्री भैंसीलाई पनि मेरै राँओ चाइनी, तिम्लाई पनि मेरै साली चाइनी...?" भनेर गाली गर्या रे हो दादा? शिवबूटी खाएर बसिया थ्यो कि क्या हो? त्यसपछि गामबाट बेपत्ता भा'को थ्यो भउते ।

हिजो बेंशी'ट फर्किँदा भउतेलाई भेट्या थेँ, कन्ननी डाँडानिरको खोला' (त्यै क्या...., कस्तो नाम पनि भुसुक्कै बिर्सेर मोरीचु!)किनार हुँदी। भउते काजी त धोती फेरेर पू-----रै बाहुन भएर पूजा गर्दै रच। कम्ती हाँसो ऊठेन मलाई त! तर ब्या गर्न नपाएर छटपटा'का मुन्छे, रिसाए त आँखै नदेख्ला भनेर नहाँसे जस्तो गरेर नजिकै गएँ म।
"क्या'रेका हौ भउते यस्तो?"
"राम्री केटी पाऊँ भनेर स्वस्थानीको बर्त बस्या नी, देखिनस्?"
मलाई त के भनौँ के भनौँ भयो।
तेत्तिकैमा पुण्टे दाई हावामा हल्लेको बांसको टुप्पोझैं हल्लिँदै आईपुगे। कुरो सुनिसकेसी "ब्या गर्ननी यस्तो बर्त सर्त बस्नुपर्छ, मेरी साली माग्दिम्ला तँलाई।" भनेर खोके।
"कहाँ छन् तिम्रा साली? नेपालटारे काजीकी कान्छी छोरी उडाका हैनौ तिम्ले?"
"धोबिनीकी बहिनीको कुरो गर्या क्या जाँ.....! तो पनि त मेरी साली बराबर त हो नी! फागुनमा बीसकी लाग्छे। फागुनमै गराइदिम्ला तेरो ब्या।"
पूण्टे दाइको कुरो पत्यायो गाँठे भउतेले! धोबिनीकी बहिनी छ कि छैन कुन्नि? भए पनि पूण्टे दाइले आँखा नलाई के बसेका होलान् र?
त्याँसी दुइजना धोबिनीको भट्टीतिर लाग्या थे। रउसीको तलतल त मलाई पनि खुब लाग्या थ्यो, तर क्यार्नु, याम्कीले फेरि आजपनि पिँढीमै सुताइदेली भनेर उकालो लागें म गामतिर।
 
Posted on 01-25-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुबा, ऋषि चौतारीमा गीत जाओस् न।
 
Posted on 01-25-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hera yo B. maila le mero nam ko geet gaeko??
 
Posted on 01-25-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत पनि मेरो र तेरो किन हुन्तो र डल्ली ! आफ्नै पालाको गित गा'का होलान् नि जिम्मालबा ले !:)
तिम्रो गीत त यस्तो पो होला भन्नी लाओ के रे मुलाइ त !
हेऽऽऽ
के को साँचो डल्ली रेशम फलामको साँचो,
झुठो हैन डल्ली रेशम यो कुरो साँचो,
तिमोरु जस्तो नक्कली मैयाँ हाम्लाइ के को खाँचो ?
हो है , तिमोरु जस्तो नक्कली मैयाँ हाम्लाइ के को खाँचो ।

(लोकगीत त गाइदिएँ, डल्ली रिसाउनी हो कि !) :)
 
Posted on 01-25-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दोहोरिएच गाँठे गित त ! मुइले त हेरेकै रइन्चु !

 
Posted on 01-25-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalli ko afnai budo chha ra uslai aru kasai ko khacho chaina. tara geet chaho sarai ramro cha Ocean !!
 
Posted on 01-25-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

( Gautam B., you made me BMLB).
जति 'डाउन' उति ठूलो बाहुन रे। हे हे हे हे हे।
पहिले पो भन्थे, "उहिलेका बाहुन रिसिमुनि, अहिलेका बाहुन सिसिमुनि"। अब कलियुग लाग्यो क्यारे, अहिले त "जति छिर्यो सिसिमुनि, त्यति ठूलो ऋषिमुनि"।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters