[Show all top banners]

timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Lau here america ma ko ko ayeka
[VIEWED 13456 TIMES]
SAVE! for ease of future access.
Posted on 06-24-10 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२३ सभासद् अमेरिकातिर





Font size:
Decrease font
Enlarge font





image






काठमाडौं, ९ असार
नेपालभित्र
चरम असन्तुष्टि भए पनि अमेरिका भ्रमणका लागि राजनीतिक दलबीच सहमति भएको
छ । देशभित्र दलीय सहमति नभए पनि विदेश जाने विषयमा सहमति भएपछि २३ सभासद्
बिहीबार अमेरिका उड्दै छन् ।
दुई गैरसरकारी संस्थाले नेपाली
सभासद्लाई संविधान निर्माणलगायतका विषयमा प्रशिक्षण दिन अमेरिका लग्दै
छन् । 'बोस्टर्न नेगोसिएसन एन्ड स्टेट बिल्डिङ प्रोगाम फर नेपाली पोलिटिकल
लिडर' विषयक कार्यक्रममा माओवादी, एमाले, कांग्रेस, फोरम, तमलोपा र
सद्भावनालगायत पार्टीका सभासद् अमेरिका जान लागेका हुन् ।
बिहीबार
अमेरिका उड्ने सभासद्ले १० दिन त्यहाँ बिताउनेछन् । कार्यक्रममा माओवादीका
चार, कांग्रेस र एमालेका तीन/तीनजना नेतासहित २३ जना सहभागी हुनेछन् ।
प्रमुख
राजनीतिक दलका नेताहरू संविधान निर्माणसम्बन्धी सो कार्यक्रममा जाँदै
छन् । उनीहरूको भिसादेखि टिकटसम्म निश्चित भएको छ । गल्फ एयरको जिएफ २६१
को उडानबाट उनीहरू बिहीबार साँझ सात बजे अमेरिकातर्फ उड्दै छन् ।
अमेरिकास्थित
करुना सेन्टर फर पिस बिल्डिङ र नेपाली संस्था द्वन्द्व व्यवस्थापन शान्ति
तथा विकास प्रतिष्ठान  -आइसिपिडी) ले यस्तो भ्रमण गराउन लागेका हुन् ।
भ्रमणलाई अमेरिकी सरकारको स्टेट डिपार्टमेन्ट -विदेश विभाग) ले पनि सहयोग
पुर्‍याएको छ । आइसिपिडी नेपाली गैरसरकारी संस्था हो । यो सन् २००२ मा
स्थापना भएको हो । त्यस्तै करुना सेन्टरले शान्ति निर्माणका लागि आफ्नो
संस्था सन् १९९४ मा स्थापना भएको जनाएको छ । द्वन्द्व प्रभावित
राष्ट्रहरूमा शान्ति निर्माणका पक्षमा काम गर्दै आएको संस्थाले जनाएको छ ।

आइसिपिडीका अध्यक्ष डा. पूर्णकान्त अधिकारीले भने यस विषयमा
प्रतिक्रिया बिहीबार मात्र दिने बताए । 'म भोलि -बिहीबार) बताउँछु, आज
बताउन सक्ने अवस्थामा छैन,' नयाँ पत्रिकाले भ्रमणबारे मागेको
प्रतिक्रियामा उनले भने । तर, अमेरिका जाने तयारीमा रहेका एक  सभासद्ले
आफ्नो भिसा लागेको र  बिहीबार कार्यक्रममा जान लागेको पुष्टि गरे ।
२५
जुनदेखि ४ जुलाईसम्म उनीहरूको भ्रमण हुनेछ । कार्यक्रमपछि टोली जुलाई ५ मा
काठमाडौं र्फकनेछ । स्रोतका अनुसार टिकटलगायतका  काम जेम्स ट्राभल
काठमाडौंले गरेको छ ।
भ्रमणमा जाने नेताहरूका लागि हरेक दिनको
एजेन्डासमेत तय गरिएको छ । शनिबार र आइतबार समूह निर्माण र अन्तरपार्टी
सम्बन्ध विकास, सोमबारदेखि शुक्रबारसम्म समाधान हुन बाँकी रहेका -संघीयता,
सीमान्तकृत समुदायको अधिकार, सेना समायोजन र नयाँ संविधानमा सहमति जनाउने)
विषयमा नेपाली सभासद्हरूलाई अमेरिकामा प्रशिक्षण दिइनेछ । मंगलबार नेपाली
प्रतिनिधिमण्डलले अमेरिकी सिनेटको प्रतिनिधिमण्डलसँग छलफल गर्ने कार्यक्रम
छ ।
कार्यक्रममा डा. पाउला गि्रन, वलिभा स्टोकस डेरियर, आइसिपिडीका
अध्यक्ष डा. पूर्णकान्त अधिकारी, आइसिपिडीका महासचिव विष्णु भुसाल र इलियन
बविटले प्रशिक्षण दिनेछन् । यसबाहेक सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय
विज्ञहरूले पनि कार्यपत्र पेस गर्नेछन् ।
कार्यक्रममा सहभागी हुन
माओवादीका सिपी गजुरेल, टोपबहादुर रायमाझी, अग्नि सापकोटा र पम्फा भुसाल,
कांग्रेसका अर्जुननरसिंह केसी, रमेश लेखक र सुप्रभा घिमिरे, एमालेका
प्रदीप ज्ञवाली, लक्की शेर्पा र सपना प्रधान, तमलोपाका हृदयेश त्रिपाठी,
सद्भावनाका अनीलकुमार झालगायतका नेता अमेरिका जाँदै छन् । संविधान
निर्माणसम्बन्धी तालिममा जाने अरू सबै सभासद् भए पनि कांग्रेसका
अर्जुननरसिंह केसी भने सभासद् होइनन् ।
 अमेरिका उड्न तयार रहेका नेता
तथा सभासद्लाई अमेरिकी दूतावासले बुधबार साँझ 'डिनर' खुवाएको थियो । 'हो
दूतावासले हामीलाई बिदाइ भोज दिएको हो, हामी तालिमका लागि जाँदै छौँ,' एक
सभासद्ले भने ।

 
Posted on 06-24-10 2:33 PM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सितैमा पाए अल्कात्रा समेत पिउन पछाडि नपर्ने हाम्रो पर्म्परा र राष्ट्रिय चरित्र नै भाईसकेको छ, उक्त चरित्र बिपरित कृयाकलाप गर्नु भएन , अनी बिदेश जादा दैनिक भात्ता पनि  हात पर्ने किन पछाडि पन्रु , सभासद देखी नेताका चाकडिबाज पदाबदी कालमा सके सम्म बिदेसिने कुरा मा जोड दिदै आएका छन अनी राजास्व पनि निकै गएको छ। 

तेसैले त हामी भ्रस्त देशको पन्क्तिमा माथि पुगी सक्यौ 

 
Posted on 06-24-10 6:47 PM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thukka [Disallowed String for - use not allowed] danka haru. k bhanne yesta haru lai. hagne lai bhanda padne lai laaj. [Disallowed String for - use not allowed] timi netaharu k ka lagi banchi rako chau. sab [Disallowed String for - use not allowed]haru chor hun. nepal le kahile mukti paune ho ini kira haru bata.
i wished they just died. i would celebrate. 

nepal yesto desh bhai sakyo jaha neta bannu euta pesha ho. na qualification chahincha na interview. sarkari campus haru ma politics banda garna saki daina ra? this would atleast stop the further production of these parasites. currently, they are growing in an exponential fashion. 

thukka [Disallowed String for - use not allowed] chor haru. 

 
Posted on 06-24-10 9:54 PM     [Snapshot: 809]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कतिजना सभासद भाग्नेहुन। नेपालका सभासद्को भुस्याहा कुक्कुरको जती पनि इज्जत छैन नेपालमा । खै के हो के हो ।


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters