copycat
Replies to this thread:

More by copycat
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस्तो पनि कथा छ साझामा
[VIEWED 19268 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले लेखेको देखेर मलाइ पनि लेख्न मन लाग्यो । लौ जावस , जस्तो सुकै होस् भनेर लेखेको ।

Warning: बच्चा हरु र पढ्न नसक्नेहरुको लागि कथा यहिँ अन्त्य हुन्छ, तल नपढ्नु होला ।

शिर्षक : कथा

A: ओए।
B: के?”
A: के गर्या त्यस्तो?
B:
के गरेँ र?
A: नबुझ्या जस्तो नगर न ।
B: के कुरा ?
A: के गरिरा छस्, हेर त राम्रो सँग ।
B: के हुनु नि, मुति राछु, त्यत्ति त हो । ट्वाइलेट मा अर्कै कोहि छिरेको रैछ के ।
A: कहाँ मुति रा छस् थाहा छ ? कति साह्रो बेहोश भा तँ ?
B:
होसमै छु , होस मै मुति रा, ताकि ताकि ढाडेको बालकोनि मै पर्ने गरि ।
A: अहिले तेरो नाकमा पनि ताकि-ताकि हिर्काउला नि उसले पनि । चाहिने काम पो गर्नु ।
B:
१० तला माथि - चिन्ला र उस्ले ?
A: चिन्यो भने नि?
B:
चिन्दैन । पक्का । लेखेर राख् ।
A: चिनि हाल्यो भने नि?
B:
चिन्यो भने थुक्दिम्ला । कि वाक्दिने ? झ्याप हुने मन भए गोरखनाथको प्रसाद आँऽऽ गरेर खान्छ तल बाट ।
A: मुऽनि । । नपच्ने मान्छे ले नतान्नु नि बुटि ।
B:
होइन, म होशमै छु । तेल्लाइ त थुक्नै पर्ने थियो के ।
A: तँ पनि कस्तो छस् यार । एउटै कुरा सम्झि-रहने । बिर्सि ढाडे को कुरा । एकदिन हिर्काम्ला। पुगि हाल्छ नि त्यत्ति भए ।
B:
सुन त, त्यो के हो तेरो हात को ? यता दे त ।
A: स्मिर्नोफ । सक्छस खान ? सक्ने भए भित्र बाट ल्याउँछु ।
B: उमेश लाइ लेर आइदे भन् न । तैले भनेको मान्छ के उ । तँलाइ लागेको पनि छैन, उ नि कराउन्न तँ सँग। तेरो हातको मलाइ दे ।
A: ला, समात्।
B:
सुन् त , ऊ ऊऊऊऊ तल त मान्छे बसेको रैछ, चुरोट तान्दै । मोरा ले खुला आकाशबाट पानि पर्यो भन्ठानेको होला । त्यो पनि तात्तातो ।
A: अँ । हो।। । । खुब । हा । ।। हा। । हा। । हा। ।
B: किन हाँस्या ?
A: त्यस्लाइ त परेकै छैन नि । उ त टाढा पो छ, गोरु । यहाँ बाट त्याँ पर सम्म तेरो पिचकारि हान्न सक्ने भए त ईन्द्रे भइहल्थिस नि ।
B:
के हो यार ? अघि देखि त्यो मान्छे चुरोट तान्दै बसेको छ । कत्ति लामो समय लागेको है ?
A: हो र ? होइन यार । तँलाइ बुटि लाग्या हो । एकछिन लाइ पनि लाऽऽऽमो समय भन्ठान्छस् ।
B:
नकरा ।
A: तैँ नकरा । जो उहिले उडेर आकाश छोइ-सक्यो, उसैको ठुलो स्वर ।
B: ल, ल । तँ जे भन् । भन्दै गर । मलाइ लाग्या चैँ छैन के ।
A: बकवास नगर ।
B:
ल ल । चुप लाग एक छिन । जाँड सकिएछ यार । उमे ले ल्याएन ? भन् न तेस्लाइ? यो ग्लासको पनि सकियो ।
A: भन्या त हो तर खै ल्याएन त । । । तेरै छेउमा राख्या रैछ नि, बोतल त।
B:
ए हो रैछ । ल सट हानम् ।
A: ल । चियर्स ।
B:
चियर्स । । । । । अख्ख्अ् । । । । । कस्तो नमिठो के ।

A: सिगरेट दे न ।
B:
फअअअअअअअअअअअ।-।-।-।क् । क्या लागि रा छ यार मलाइ त ।
A: था छ गधा, बालकोनिमा बसेर तैले र मैले आगो-पानि सबै सक्यौँ । अरुलाइ बुटि पुगेकै छैन । तर ठिकै छ, कहिले काहिँ उनिहरुलाइ नदि पनि खानु पर्छ । झ्या’’प हुनु पर्छ के कहिले काहिँ ।
B:
त्यो त हो । तर मलाइ त अलि धेरै नै लाग्यो के । बोल्न मन नै लाग्न छाड्यो ।
यति धेरै नलागेको त महिनौ भएको थियो यार ।

A: तैँले त तानि रन्छस् रे नि, एक्लै कोठामा बसेर। क्लास जाँदा पनि तानेर जान्छस रे । सोमबार को सेमिनार मा त निकै एक्टिभ भा थिस रे नि । हो? इम्मुन भइस होला है ?
A: ओए, किन न बोलि रा ? अत्ति लाग्यो हो ? के हेरि रा ? तल कोहि देखिस हो ? खै म पनि हेरुँ ।
A: यत्तिकै टोलाएर बसेको पो रैछ । अत्ति भयो भने जा कोठा तिर । टन्न पानि खा । सुत् ।
B: ह्वववववववव ।। ।। ह्ववववववववववआआऽऽऽ । । । । । अख्ख्ख्ख्खखखखअअअअअ ।।। ।
A: ओहो।।।। यस्तो पो ???? ओए हेर त ?? लुगा मा परिराछ तेरो । ख्याल गर् ।
ल आइज यो चेयर मा बस् । । । टाउको यो भित्ता मा अडाएर फ्याँक तेरो आन्द्रा-भुँडि । ।। ।। ल यो पानि । मुख कुल्ला गर ।

A: हा हा हा हा हा हा हा ।।। मोरा । । । । हेर चाला । ।। । । आफै गोरखनाथ, आफै पि एन शाह ।। ।भोकले त यो मर्ने भएन । आफैले आफैलाइ के आशिष दिनि, के लिनि हो कुन्नि ???? भोलि सफा गर्ने काम चैँ तेरै हो है ।
A: बाहिर त त्यो गधा ढलिरा छ यार । कोहि गएर मद्दत गर न, साथि हो ।

Last edited: 05-Jan-08 04:51 PM

 
Posted on 01-05-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे ।

 
Posted on 01-05-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले हैसे थपि दिए। कथाले एउटा wide spread reality बोकेर ल्याएको रहेछ। A र B भन्दा नामै दिए बढि ससक्त हुने थियो कि।
 
Posted on 01-06-08 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि? त्यसपछि के भयो?  :-).


 
Posted on 01-06-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नाम पनि न राख्ने, A and B पनि नराख्ने सोचेको थिएँ तर अति confusing होला जस्तो लागेर त्यति सम्म राखेको ।

 
Posted on 01-06-08 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो प्रयोग भएका छन नेपाली कथामा धेरै पटक!

नाम अथवा A B केहि नराखि लेखेको भेटेको छु मैले! मजा आयो पढेर!

 


 
Posted on 02-20-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले प्रकासित गरेको सुचना मा sajha addict ले मलाइ मैले पनि कथा लेखेको थिएँ भन्ने कुरा सम्झाए पछि ' ए हो त नि एउटा जेपिटि त लेखेको थिएँ ' भन्ने याद आयो । मलाइ मेरो यो कथा राम्रो लाग्दैन तर स्टाइल भने फरक पक्कै हो ।

राम्रो लेख्न सक्दैन भनेर नलेख्ने म जस्ता हरुलाइ प्रोत्साहन स्वरुप मेरो यो धागो माथि धकेलेको छु ।

 
Posted on 02-20-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko pani lekhnu na ta aba!


Plzzzz!


 
Posted on 02-20-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा हो कि सम्बाद हो? : )




 
Posted on 02-20-09 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबाद हो
 
Posted on 02-20-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Copycat जी!


अतीयथार्थबादि लेखाइ।


यस्तो कथा लेख्न सजिलो छैन जस्तो लाग्छ मलाइ चाहिँ। पात्र, घटना र द्रिश्य प्रष्ट देखिन्छ कथामा।


अर्को कथा कहिले लेख्नु हुन्छ त अब?


 
Posted on 02-21-09 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta veg. katha rangeenchara.com ko lagi lekhnus na please; prabasi Nepali haruko byatha jhalkyaune

 
Posted on 05-10-09 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho saathi ho buti tane pachhi yestai ho.................... buti paye testa mu-zee raksi le kehi hudaina
 
Posted on 03-12-14 10:39 AM     [Snapshot: 3729]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कले बिरालो (copycat ) जी ,

निक्कै रमाइलो कथा भानुम कि कथात्मक संवाद भानुम ... ज सुकै भानुम , लेखाइ झक्कास छ ......

यतै हुनु हुन्छ भने फेरी लेख्ने कि ?

- थाहा छैन
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters