Surendra Shakya

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सफल हुन कसरी उर्जा तरंगको सिधान्त प्रयोग गर्ने?
Keywords associated with this thread

Energy vibration frequency Nepal person
[VIEWED 4052 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-20 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यस विश्वमा भौतिक भन्दा अभौतिक पदार्थको सत्ता अधिक छ। वैज्ञानिकहरुले भनेका छन् कि यस ब्रम्हाण्ड देखिएका सम्पूर्ण ग्रह, तारा, आकाश खगोलिय पिण्डहरु सम्पूर्ण जोड्दा पनि जम्माजम्मी ५ प्रतिशत भन्दा कम हुन पुग्छ। बाँकी ९६ प्रतिशतमा २७ प्रतिशत “डार्क म्याटर” र ६८ प्रतिशत “डार्क ईनर्जि” मानिन्छ जसको बारेमा वैज्ञानिकहरुलाईपनि राम्रो जानकारी छैन। यति मात्र पक्का छ कि हामीले देख्ने खाली स्थानहरु वास्तबमै खाली छैन। आईन्सटाईन नै पहिलो वैज्ञानिक थिए जसले यो कुरा पत्ता लगाए। यसको अर्थ हो कि यस सारा ब्रम्हाण्ड नै शक्ति तरंगहरुको (vibration) विभिन्न स्वरुप हुन्। संसारकै सबभन्दा उत्कृष्ट वैज्ञानिक निकोला टेस्लाले पनि यस ब्रम्हाण्डलाई बुझ्ने यही मात्र सही विधि भएको मानेका थिए। यसको मतलब हाम्रो शरिर, भावना, सोच र बोलीको फरक तरंग मापन (frequency) हुन्छ। हाम्रो मानसिकता, सोच र भावनाको समस्टीमा हरेक व्यक्तीको तरङ्ग माप हुन्छ।

यस वैज्ञानिक तथ्यको हामीले हाम्रो जीवनमा सही प्रयोग गर्न सकेमा जीवन सकारात्मक दिशामा बढाउन सकिन्छ। एउचा साधारण मानिसको माप ८०० हर्ज अंकमा लगभग २०० हर्ज भनिन्छ । आईन्सटाईनको माप ४९० रहेको थियो। उनलाई अद्धितिय प्रतिभामा गनिन्छ। हामीले आफ्नो माप उच्च बनाउने कही प्रकृयाहरु छन्। साधारण मानिसमा हुने दैनिक सांसारिक सोच र भौतिक लालसाहरु नकारात्मक तरंगका उपज हुन्। नकारात्मकताको मापमा लज्जा (२०), ग्लानी (३०), त्रास (१००), चाहना (१२५), क्रोध १५०) र , अहंकार (१७५) छन भने प्रेम (५००), शान्ति (६००), र आत्मज्ञान (७००)को बुझिन्छ। यो नियम अनुसार हामीले जीवनमा जस्तो तरंगको प्रवाह गर्न थाल्छौं सोही अनुसारको जीवनको हकदार बन्छौं। हाम्रो सोचको तरंग अति नै शक्तिशाली मानिन्छ किन भने यसले टिभीको एनटेना र डिस्क दुवैको भूमिका निभाई रहेको हुन्छ। हाम्रो जस्तो सोचको तरंग यस ब्रम्हाण्डमा प्रवाह गर्छौं सोही अनुसारको जीवनको हामीलाई अनुकम्पा हुन्छ।

एउटा सामान्य उदाहरण हेर्ने हो भने मानौ कुनै दुर्गन्धित ढल छ बने त्यहाँ त्यस्तै तहका प्राणी जस्तै मुसा, सांग्ला, अनेकन रोगका किटाणुकोलागी बासस्थान बन्दछ। तर फुलको बगैंचा लगाएको स्थानमा पुतली, माहुरी चरा चुरूगीहरु टहल्ने मात्र हैन प्रणय जोडिहरु टहल्न रमाउँछन्। त्यसैले हामीले हत्या, हिंसा, जलन, असक्तता, लाचारीपन मात्र जीवनमा अपनाउने हो भने नर्कको बास हुन्छ। सद्भाव, सहयोग, मेलमिलाप गरेर उच्च आदर्शमयी कर्म गर्ने हो भने जीवन पनि त्यसै अनुरुप सुगन्धित हुन्छ।

जीवनमा उच्च तरंग सथापित गर्ने हो भने हाम्रो सोच, बचन र कृयाकलाप सबै सकारात्मक दिशातिर गएको हुनु पर्छ। कृयाकलापको कुरा गर्दा हाम्रो खानपिन, जैवन शैली र साथी संगतको का आउँछ। भनिन्छ हाम्रो उर्जाको मात्रा हामीले संगत गर्ने सबभन्दा नजिकको ५ मानिसहरुको औसत हुने गर्दछ। त्यसैले राम्रो मानिसको संगतले हाम्रो जीवबमा राम्रो बिचार तरंगहरुले भरिन्छ। असल सोच, असल भाव र असल बोलीको असर सबैतिर राम्रो तरंगको प्रादुर्भाव हुन्छ। समाजका सबै सदस्यहरुले यस्तो आदर्श अपनाएको अबस्थामा त्यस समाज शिखरको स्थान हासिल गरेको हुन्छ। नेपाल भूमीमा पनि यस्तो अबस्था रहेको थियो। यो अहिलेको अबस्थाको ठिक विपरित स्थिति हो।

त्यसैले आफ्नो जीवनमा, हाम्रो समाजमा र देशमानै हामीले सम्भावनाका बिजारोपण गरेर आपसी भाईचारा, मित्रता, तपस्या र त्याग जस्तो माहौल बनाउनु सक्नु पर्छ। हाम्रो शास्त्रले दिएको ज्ञान नै यही हो। परोपकार पुण्याय पापाय परपिडनम् भनेको यहि सार हो। बसुधैब कुटुम्बकम् भनेको पनि यही ज्ञानको फल हो जसलाई आत्मसात गर्न सकेमा प्रतिफल पनि आत्मगौरब, ईज्जत, सम्मान र प्रशंसाको हामी विश्वमा नै हकदार हुन्छौं।

Read more positive opinion pieces in: https://strong-nepal.blogspot.com/



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters