GARDEN HOMES AND RESORT, TULSI CHOWK, DHANGADHI - Sajha Mobile
SAJHA MOBILE
GARDEN HOMES AND RESORT, TULSI CHOWK, DHANGADHI
Posts 1 · Viewed 1423 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले २१ फागुनको निर्वाचनलाई देशको “भाग्य र भविष्य फेर्ने अवसर”का रूपमा लिनुपर्ने बताएका छन्।
शुक्रबार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै उनले विगत ३५ वर्षदेखि विभिन्न राजनीतिक दलहरूले जनतालाई निराश बनाएको दाबी गरे। पहिले जनताले आशा राखेका दलहरूले विश्वास तोडेको उल्लेख गर्दै उनले त्यसकै कारण अहिले जनता आक्रोशित बनेको टिप्पणी गरे।
लामिछानेले देशभर जागरणको लहर देखिएको दाबी गर्दै उक्त चेतनालाई निर्वाचन परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। अघिल्ला निर्वाचनहरूमा मतदाताले विभिन्न दललाई अवसर दिएको तर अपेक्षित परिवर्तन नभएको उनको भनाइ थियो। यसपटक प्रतिनिधि मात्र होइन, आफ्नै भाग्य र भविष्य परिवर्तन गर्ने समय आएको उनले बताए।
आफू गृहमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कदम चालिरहेका बेला कांग्रेस र एमालेबीचको समझदारीमा सरकार ढालिएको आरोप उनले लगाए। संसद्बाट हटाइएको प्रसंग उल्लेख गर्दै उनले राजनीतिक षड्यन्त्रमार्फत आफूलाई बाहिर निकालिएको दाबी गरे।
लामिछानेले दलहरूले किसान, मजदुर, शिक्षक र विद्यार्थीलाई भ्रातृ संगठनमार्फत प्रयोग गरेको आरोप लगाउँदै रास्वपा भने त्यस्तो संरचनारहित पार्टी हुने दाबी गरे। शिक्षक, किसान तथा श्रमिकका मुद्दा दलगत संरचनाभन्दा माथि उठेर समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
थारू समुदायसहित विभिन्न वर्गलाई ‘भोट बैंक’का रूपमा प्रयोग गरिएको उल्लेख गर्दै उनले वास्तविक अधिकार र संरक्षण नपुगेको जिकिर गरे। रास्वपाले ती समुदायका हकहितका लागि प्रत्यक्ष रूपमा काम गर्ने उनले बताए।
https://youtube.com/shorts/5Lr39mwYwVw?feature=share
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 272
· Posts 2 · Viewed 425
· Posts 1 · Viewed 293
· Posts 2 · Viewed 628
· Posts 1 · Viewed 295
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 421
· Posts 1 · Viewed 518



Travel Partners
Travel House Nepal